ईश्वर पोखरेल भन्छन्: एसपीपीको सत्यतथ्य खोज्नुपर्छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ईश्वर पोखरेल भन्छन्: एसपीपीको सत्यतथ्य खोज्नुपर्छ



केपी शर्मा ओली र ईश्वर पोखरेलको पालामै एसपीपी सम्झौता भएको भन्दै नेपाली सेनाले बताईरहँदा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने यसको सत्य तथ्य खोज्नुपर्ने बताएका छन् ।

उनले जित र हारको मानसिकताबाट मुक्त भएर एसपीपी सम्झौताको सम्बन्धमा यथार्थ तथ्यको खोजी गर्नुपर्ने बताएका छन् ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पोखरेलले अमेरिकी एसपीपीको सम्बन्धमा एकले अर्कोलाई आरोप लगाइएको भन्दै तथ्यको खोजी गर्नुपर्ने बताएका हुन् ।

‘मैले यो सरकार, त्यो सरकार भनिनँ । कुनै पनि सरकारले समितिले गरेको यो निर्णयलाई, निर्देशनलाई उसले पालना गर्नुपर्छ । सबै चिजहरू पठाउनु पर्छ,’ पोखरेलले भने, ‘जित र हारको मानसिकताबाट मुक्त भएर तथ्यहरूको खोजी गर्ने हिसाबले आगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई गरेको निर्देशनअनुरुप सबै पत्राचारहरू समितिलाई दिइनुपर्ने र आफूहरूले सही जानकारी पाउनुपर्ने पोखरेलको माग थियो ।

प्रधानमन्त्रीले एसपीपीको सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ समितिमा आएर दिनुपर्ने उनको भनाइ थियो ।