एसपीपी प्रकरणमा ओलीको ढाकछोप गर्दै प्रदीप ज्ञवाली - Himal Post Himal Post
  • २६ श्रावण २०७९, बिहीबार
  •      Thu Aug 11 2022

एसपीपी प्रकरणमा ओलीको ढाकछोप गर्दै प्रदीप ज्ञवाली



काठमाडौं- ओली प्रधानमन्त्री भएका बेला अमेरिकालाई पत्र पठाएको खुलासा भएपछि एमालेका नेताहरूले तथ्यलाई तोडमोड गर्न खोजेका छन् । हिजोमात्र एमालेका अध्यक्ष केपी सहरमा ओलीले सेनाले आफूलाई जानकारी नै नगराई अमेरिकालाई पत्र पठाएको बताएका चहन भने नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि यसलाई ढाकछोप गर्न खोज्दैछन ।

उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले एसपीपी अघि बढाउँदा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई नेपाली सेनाले जानकारी नै नदिएको दावी गरेका छन्। पहिले एसपीपीको सबैभन्दा विरोध गरेका ज्ञवालीले यस्तो बताएका हुन् ।

मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रक्षा मन्त्रालयलाई सो प्रक्रियाबारे के गर्ने भनेर नेपाली सेनाले अनुरोध गरेको तथा मन्त्रालयको प्रतिनिधिलाई पनि सामेल गराएर सो प्रक्रिया अघि बढाउनु भनेपछि प्रक्रिया अघि बढाएको देखिएको बताए।

उपमहासचिव ज्ञवालीले २०७२ साल असोज १३ गते सो प्रक्रिया अघि बढाउनू भन्ने निर्देशन दिँदा तत्कालीन रक्षामन्त्री सुशील कोइराला रहेको र नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सो प्रोग्रामबारे पत्राचार गर्दा केपी ओली प्रधानमन्त्री भएपनि कुनै जानकारी नदिइएको बताए।

उनले भने, ‘नेपाली सेनाले एसपिपीबारे निर्देशन पाउँ भनेर रक्षा मन्त्रालयलाई पत्राचार गरेको देखियो । तर, संविधान, कानुन र तालुकदार मन्त्रालयसँग कुनै परामर्श गरेको देखिएन। जंगी अड्डाले पत्र पठायो । रक्षा मन्त्रालयले मेरो पनि प्रतिनिधि राखेर अघि बढाउनू भनेको पाइयो । सेनाले पत्राचार गर्‍यो। त्यो कुरामा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई सामेल गराएको प्रमाण लिखत भेटिँदैन । सम्भवतः सेनाले ठान्यो–रक्षा मन्त्रालयले गो अहेड भनेकाे छ।’