श्रीलंकाको घोषणा: अर्थव्यवस्था कोल्याप्स भयो, श्रीलंका डुब्यो - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

श्रीलंकाको घोषणा: अर्थव्यवस्था कोल्याप्स भयो, श्रीलंका डुब्यो



एजेन्सी- श्रीलंकाले आफ्नो अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेको छ । महिनादेखि औषधिदेखि इन्धनसम्मको संकट भोगेको श्रीलंकाको सरकार बुधबार संसदमार्फत टाट पल्टिएको जानकारी गराएको हो ।

प्रधानमन्त्री रनिल बिक्रेमासिंघेले विदेशी विनिमयमा भुक्तानी गर्नुपर्ने कर्जाको कारण थलिएको अर्थतन्त्र ढलेको बताएका हुन् । संसदको रोष्टममा उभिएर उनले महिनाैदेखि थलिएको अर्थतन्त्र अब भने ढलेको बताए ।

उनले देशको लागि अब थप डरलाग्दो अबस्था आएको स्वीकारे ।’हामी अब पहिलेको भन्दा थप गम्भीर अवस्थाको सामना गरिरहेका छौँ, इन्धन, ग्यास, विद्युत र खाद्यान्नको अभावको अवस्था मात्र भन्दा निक्कै नै ठुलो छ´ उनले भने ।

देशको अर्थमन्त्रीको समेत कार्यभार लिएका बिक्रेमासिंघेले ठूलो भारी, गुमेको पर्यटन आय र कोभिड महामारीको प्रभावका कारण अन्य समस्याका साथसाथै चर्को मूल्यवृद्धीको सामना गरेको बताए । उनले संसदबाट देशको अर्थव्यवस्था ‘कोल्याप्स’ भएको घोषणा गरेका छन् ।