अवैध सम्बन्ध लुकाउन अमृताले आफ्नै श्रीमानको हत्या गरेपछि… « Himal Post | Online News Revolution
Logo

अवैध सम्बन्ध लुकाउन अमृताले आफ्नै श्रीमानको हत्या गरेपछि…



कैलाली- कैललीको धनगढीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले श्रीमती अमृता चौधरीसहित चार जनालाई पक्राउ गरेको छ ।

अबैध सम्बन्धका कारण श्रीमतीकै योजनामा श्रीमानको हत्या गरेको प्रहरी स्रोतले बतायो । पक्राउ परेका सबै दोषी भए नभएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक चौधरीका तीन वर्षीय छोरा छन् ।