अर्की महिलालाई करणी गर्न आफ्नै श्रीमतीले सघाएको पुष्टि, दुवै पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अर्की महिलालाई करणी गर्न आफ्नै श्रीमतीले सघाएको पुष्टि, दुवै पक्राउ



काठमाडौं- राजधानीमा महिलालाई करणी गर्न श्रीमतीले नै श्रीमानलाई सघाएकी छन् । काठमाडौंको बानेश्वरमा ३८ वर्षीया महिलालाई करणी गरेका एक जना पुरुषलाई उनकै श्रीमतीले सघाएको पुष्टि भएको हो ।

बानेश्वर कात्यायनी चोकमा बस्ने बिराटनगर उपमहानगरपालिका–१७, घर भएका ३९ वर्षीय निरज शर्माले महिलालाई करणी गरेको उक्त कुकृत्यमा उनकै श्रीमती ३८ वर्षीया नितु शर्माले सहयोग गरेकी हुन् ।

निरज र नितुले आफ्नै कोठामा ती महिलालाई बन्धक बनाई निरजले जबरजस्ती करणीसमेत गरेका थिए । त्यो हर्कत गर्न नितुले श्रीमानलाई सघाएकी थिइन् । उनीहरु दुबै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।