विश्वकपमा स्टार्कले बनाए नयाँ कीर्तिमान - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विश्वकपमा स्टार्कले बनाए नयाँ कीर्तिमान



एजेन्सी । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाका बलर मिचेल स्टार्कले कीर्तिमान बनाएका छन् ।

बर्मिघममा जारी इंग्ल्याण्डविरुद्धको सेमिफाइनल खेलमा एक विकेट लिँदै स्टार्कले एकै विश्वकप सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन् । इंग्ल्याण्डका जोनी बेयर्सस्टोलाई आउट गर्दै स्टार्क जारी विश्वकपमा २७ विकेट हात पारे ।

स्टार्कले लिएको २७ विकेट एकै विश्वकप एकै खेलाडी लिएको सर्वाधिक विकेट हो । यसअघि यस कीर्तिमान अष्ट्रेलियाका ग्लेन म्याकग्राथको नाममा रहेको थियो । उनले सन् २००७ को विश्वकप २६ विकेट लिएर कीर्तिमान बनाएका थिए ।