स्थानीय तहको निर्वाचनमा एक भएर जुट्न रसुवा काँग्रेसलाई डा. महतको निर्देशन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

स्थानीय तहको निर्वाचनमा एक भएर जुट्न रसुवा काँग्रेसलाई डा. महतको निर्देशन



धुन्चे,चैत २ ।

नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री डा. रामशरण महतले स्थानीय निर्वाचनमा पार्टीको सबै कार्यकर्ताहरूलाई एक भएर लाग्न निर्देशन दिनु भएको छ । नेपाली काँग्रेस रसुवा को पार्टी कार्यलयमा आयोजित संम्क्षित भेटघाटमा नेता महतले उत्त निर्देश दिनु भएको हो । आपसी विवादलाई अन्त्य गरी सबै शक्ति निर्वाचनमा ल्याउन पार्टीका नेताहरूलाई अनुरोध गर्नु भयो ।हामी एक भएको खण्डमा काँग्रेसलाई कुनै पनि शक्ति पराजित गर्न नसक्ने भएकोले तिक्तताहरूलाई बिर्सेर एक हुनुपर्ने बताउनु भयो।अर्को सन्धर्भमा नेता महतले रसुवा जिल्लाको जलविद्युत,पर्यटन र अन्तर्राष्ट्रिय स्तरको व्यापारिक नाकाको कारण जिल्लाको मात्रै नभै देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने बताउनु भयो ।

कार्यक्रममा नेका रसुवा निबर्तमान सभापति लामा कार्पु तामाङले विगतको कुरालाई बिर्सदै एक भएर निर्वाचनमा लाग्ने बताउनु भयो।उहाँले हाम्रो नेता डा रामशरण महत ज्यु अर्थ मन्त्री हुँदा रसुवा जिल्लाको विकासको लागि गर्नु भएको योगदान को उच्च सम्मान गर्दै रसुवालि जनताको तर्फबाट धन्यवाद दिनु भयो।उहाँले भूकम्प पछि केरुङ नाका खोल्न नेतृत्वदायी भूमिका खेल्नु भएको र यहाको सडक निर्माणमा उव्च प्राथमिकता दिनु भएकोमा रसुवालि जतता उहाँलाई धन्यवाद दिन चाहान्छ्न।

कार्यक्रममा नेपाली काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले चाडै नै पार्टीले चुनावी अभियान सुरु गर्ने र रसुवा सबै गाउँ पालिकामा काँग्रेसले विजयको झन्डा फहराउने बताउनु भयो । नेता डा. महतले रसुवा जिल्लाको विकासको लागि पुर्‍याउनु भएको योगदानले गर्दा रसुवा काँग्रेसले शिर ठाडो पार्न सकेको सभापति तामाङले बताउनु भयो ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष एवम् सांसद रन्जित कर्ण तरुण दलका पूर्व महासचिव पुस्बराज पराजुली ,नुवाकोट काँग्रेसका नेताहरू रमेशकुमार महत ,प्रमोद रिमाल ,रामजी पौडेल ,नेका रसुवाका पूर्व सभापति ठाकुर देवकोटा , पूर्व सचिव राजु तितुङ ,रसुवा काठमाडौँ सम्पर्क समितिका अध्यक्ष कुमार देवकोटा ,तरुण दल रसुवाका अध्यक्ष दिलबहादुर मोक्तान , महिला सङ्घ रसुवाका सभापति देवकी रैला ,लोकतान्त्रिक खेलकुद समिति रसुवाका अध्यक्ष शैलेश पौडेल ,महासमिति सदस्यहरू महाधिवेशन प्रतिनिधिहरू जिल्ला कार्यसमितिका पदाधिकारी सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।