स्थानीय जनता र अभिभावकको साथ बिना विकास हुन सक्दैन : पूर्व मन्त्री राठौर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्थानीय जनता र अभिभावकको साथ बिना विकास हुन सक्दैन : पूर्व मन्त्री राठौर



गोविन्द बीसी / कैलाली ।
पूर्व शिक्षा राज्यमन्त्री एवं नेपाली कांग्रेस महासमिति सदस्य मोहनसिंह राठौरले स्थानीय जनता र अभिभावकको साथ, सहभागिता बिना बिकास निर्माण हुन नसक्ने बताएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ मा नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन गर्दै राठौरले सो कुरा बताएका हुन् ।

कार्यक्रममा राठौरले बिद्यालयको बिकास र उन्नतिका लागि अभिभावकले नै जागरुक हुनुपर्ने बताए ।
बिद्यालय शिक्षा र बिकास निर्माण कार्यमा स्थानीय जनताको साथ र सहभागीता भएन भने बाधा ब्यवधान आउन सक्छ । उनले भने- स्थानीय अभिभावकले यो आफ्नो हो भन्ने भावना सहित तदारुकताका साथ अघि बढ्यो भने सफलता प्राप्त गर्न सकिन्छ ।

कार्यक्रममा बिद्यालयको खेल मैदान आवश्यक देखिएको औल्याउदै उनले खेलमैदानका लागि आवश्यक पूर्वाधार ब्यवस्थापनमा जोड दिन प्रशासन र बिद्यालय ब्यवस्थापनलाई सुझाव दिए । बिगतमा आफू निर्वाचित भएपछि बिद्यालयको बिकासमा सहयोग गरेको स्मरण गराउदै राठौरले टायल र फुसको छानोले छाइएको बिद्यालयमा अहिले भौतिक निर्माणले गति लिएको देख्दा खुसी लागेको बताए ।

यस्तै, कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौराले बिद्यालयको सुविधा सम्पन्न भवन निर्माणका लागि गाउँपालिकाले बिस्तृत अध्ययन परियोजना (डीपीआर) तयार गरेको बताए । बिद्यालयको नमूना भवन निर्माणका लागि यसै चालु आर्थिक वर्षमा डीपीआर सम्पन्न गरिएको छ । उनले भने-गाउँपालिकाबाट बजेट अभावले जिल्ला समन्वय समिति र प्रदेश सरकारसंग थप पहल गरिरहेका छौं । स्थानीय सरकारले शिक्षा क्षेत्रको बिकासलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताएका छन् ।

सरस्वती मन्दिर निर्माणदाता पहराम बुढाक्षेत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौर रहेका थिए भने बिशिस्ट अतिथिमा बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौरा रहेका थिए ।

कार्यक्रममा वडा नम्बर-३ का वडा अध्यक्ष करने सुनार, कार्यपालिका सदस्य कोकिला खत्री, न्यायपालिका सदस्य टंकराज ओली, नेपाली कांग्रेस बर्दगोरिया सभापति गणेश शाही, न्यू लालिगुरास विद्युत सहकारी संस्थाका अध्यक्ष भुपेन्द्र रास्कोटी, शिवशक्ति ग्रामीण विद्युत सहकारीकी अध्यक्ष डम्बरा घर्तीमगर, जनसेवा कृषि सहकारी संस्थाका अध्यक्ष नवराज टमट्टा, न्यूज्योति प्रावि बिब्यस अध्यक्ष रामु बिक, रानीजरुवा सामुदायिक बन समिति अध्यक्ष लालसिंह बिक, जगदम्बिके भगवती मावि शिक्षक अभिभावक संघ अध्यक्ष नन्दाराम बिष्ट, समाजसेवी मनऋषि आचार्य लगायतको सहभागिता रहेको थियो ।

सोही वडामा रहेको जगदम्बिके भगवती माविको परिसरमा बिद्यालय ब्यवस्थापन समिति ज्येष्ठ सदस्य पहराम बुढाक्षेत्रीले मन्दिर निर्माण गरेका हुन् । कुल २ लाख ५ हजार लागतमा मन्दिर निर्माण सम्पन्न गरिएको बुढाले बताएका छन् ।