स्थानीय निर्वाचनमा जनताका आवाजहरू! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

स्थानीय निर्वाचनमा जनताका आवाजहरू!



पुष्प थापा

बिपी,शुबण,गणेशमान,किशन, गिरिजा,सुशील हाम्रो सान।
सङ्घीय गणतन्त्र नेपालको स्थायित्व र पहिचान ।

नेपालको समृद्धि हाम्रो विकास।
काँग्रेसको जित देश र जनतालाई निकास ।।

जनताको पार्टी काँग्रेसलाई अमूल्य भोट।
नक्कली राष्ट्र बादी एमालेलाई चोट ।।

जनताको लागि समाजवादी लोकतन्त्र ।
काँग्रेस नै हो देश विकासको मूल मन्त्र।।

लोकतन्त्र बचाउन रुखमा भोट हालौ।
झुट र अबसरबादी एमालेलाई जरैबाट फालौं।।

टनटालापुरी घाममा रूखको छाहरीमा मतदान ।
देश र जनताको अस्तित्वको लागी आव्हान ।।

देशको गौरव समृद्धि र आर्थिक विकासको आधार।
स्थानीय चुनावमा काँग्रेसलाई भोट एमालेलाई प्रहार।।

हक अधिकारको लागि मतदानमा रुख खोजौं ।
सिंहदरबार र गाउँ सहरमा काँग्रेसलाई रोजौं।।

स्वदेश विदेशमा बस्ने दिदीबहिनी दाजुभाइ ।
काँग्रेसले गर्दछ देश र जनताको लागी भलाई।।

सबै जातजाती धर्म लिगं वर्ण क्षेत्र नेपालीको एकता ।
नेपालको अस्तित्व समाजवाद लोकतन्त्र र राष्ट्रियता ।।

नेपाली जनताको त्याग तपस्या र सहिदको बलिदान ।
देश र जनताको निकास लोकतन्त्रीत संविधान ।।

वैशाख ३१ गतेको प्रचन्ड गर्मीमा रुखको हावा सरर |
सबै नेपाली दाजु भाइ दिदी बहिनीलाई काँग्रेसको लहर ||

लेखक :१२औ महाधिवेशन प्रतिनिधि  समेत हुन् र उनका यी निजी विचार हुन्