स्थानीय तहको चुनाबको कुनै औचित्य छैन : प्रबक्ता बिश्वकर्मा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्थानीय तहको चुनाबको कुनै औचित्य छैन : प्रबक्ता बिश्वकर्मा



हिमाल पोष्ट /बुटवल चैत्र २१ ।  नेकपा माओबादीका प्रबक्ता खड्गप्रसाद बिश्वकर्मा प्रकाण्डले स्थानीय तहको चुनाबको कुनै औचित्य नभएको भन्दै त्यसलाई बहिस्कार गर्ने बताएका छन् ।

सोमबार बिहान बुटवलमा क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने—‘प्रतिक्रन्तिलाई केन्द्रदेखि गांउसम्म प्रतिनिधित्वका लागि कथित स्थानीय चुनावको परिपाटी रचिएको छ,हामी त्यसको बिरुद्धमा छौं ।

’ राष्ट्रलाइ डामाडोल गराउन चुनाब गराउने प्रयन्त भएको भन्दै उनले चुनावकै कारणले देश चांडै द्वन्द्वको बाटोमा जाने उनको दाबि छ । हस्तक्षेप भए प्रतिकार गर्ने चुनाव बहिस्कार गर्ने र आफूहरुमाथि कसैले हस्तक्षेप गरेमा त्यसको बदला आफुहरुले पनि लिने उनले बताए । ‘हामीसंग बन्दुक छैन,तर जनतालाइ साथमा लिएर अघि बढ्छौं,जनता महाबन्दुक हुन् ।

’उनले भने । ‘देश अहिले अखण्ड की बिखण्डीत बन्ने बिषय छ,जटिल मोडमा भएको देश बचाउन तपाइ हामी जुट्नैपर्छ ।’ उनले भने । नेपालमा जनताले ल्याएका उपलब्धिहरु गुम्ने खतरा रहेको भन्दै उनले अन्तराष्ट्रिय सुपर पावर नेपालभित्रै सल्बलाइरहेको उनको दाबी छ । इतिहासको पाङ्गा्र उल्टो गुडाउने सरकारको प्रयास सरकारले इतिहासको पाङ्गा्उल्टो गुडाउने प्रयास गरेकोले यो चुनाव गर्न खोज्नु प्रचण्ड सरकारको मुर्खता भएको टीप्पणी गरे ।

उनले चुनावले जनताको कुनैपनि हित नगर्ने बरु देशलाइ गडबडीतर्फ लैजाने बताए । विश्वमै वैज्ञानिक समाजवादको स्थापना गर्न क्रान्ति स्थापना गर्नुपर्ने भन्दै उनलेत्यसको शुरुवात नेपालबाट शुरु गर्न आफ्नो पार्टी लागिरहेको दावी समेत गरे । कार्यक्रम पत्रकार संगठनका जिल्ला अध्यक्ष प्रकाश डुम्रेको संचालनमा भएको थियो ।