बेन स्टोक्सले क्रिकेटमा बनाए दुई नयाँ रेकर्ड - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बेन स्टोक्सले क्रिकेटमा बनाए दुई नयाँ रेकर्ड



एजेन्सी । वेस्टइन्डिविरुद्धको टेस्ट सिरिजका दौरान इङ्ल्यान्डका कप्तान बेन स्टोक्स टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट र ४ हजार रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छन् ।

जोए रुटको अनुपस्थितिमा इङ्ल्यान्ड क्रिकेट टोलीको कप्तानी सम्हाली रहेका स्टोक्स टेस्ट क्रिकेटमा वेस्टइन्डिजका ग्यारी सोबर्सपछि सबैभन्दा छिटो १५० विकेट र ४ हजार रन बनाउने दोस्रो खेलाडी बनेका हुन् ।

वेस्टइन्डिजका ग्यारी सोबर्सले ६३ टेस्ट खेलमा यो कीर्तिमान बनाएका थिए । यता स्टोक्सले भने उक्त रेकर्डका लागि ६४ टेस्ट खेल खेलेका छन् । स्टोक्सले वेस्टइन्डिजविरुद्ध साउथह्यामटनमा भएको पहले टेस्ट खेलमा उक्त आँकडा पूरा गरेका हुन् । जहाँ उनले टेस्को पहिलो पारीमा चार विकेट लिएका थिए ।

उनले वेस्टइन्डिजका अल्जारी जोसेफलाई आउट गर्दै तेस्रो विकेट लिँदा यो कीर्तिमान हाँसिल गरेका थिए । त्यस्तै टेस्ट क्रिकेटमा १५० विकेट र ४ हजार रनको दोहोरो उपलब्धि हाँसिल गर्ने उनी छैटौं खेलाडी बनेका छन् ।