हुन नसकेकी प्रेमिका « Himal Post | Online News Revolution
Logo

हुन नसकेकी प्रेमिका



इक्जामकाे भूतले फेसबुकलाई १ महिना डिएक्टिभ् गरिदिएकाे थियाे। खाटमुन्तिर राखेकाे ल्यापटप पुर‌ै धुलाेले पाेतिएकाे रहेछ । टक्टकाएँ अनि खाेलेँ फेसबुक। १३ वटा म्यासेज आएर बसिरहेका रहेछन् हतार हतार हेरेँ। सुरुकै म्यासेजले आँखा, मन सप्पै तान्याे-
“ह्याप्पि फ्रन्डसिप डे” उसले सुरुमै भनी प्रत्यक्ष भेटेर हाेईन फेसबुककाे म्यासेज मार्फत् ।
आँखा म्यासेजमा पुग्न नपाउदै मन लड्डु बनिसकेकाे थियाे। राेमाञ्चित उत्साहित र खुलदुली एकै चाेटी भयाे मन। अनुहारमा याैटा चमक आई सकेकाे थियाे ।
दाँतहरूले आफूलाई सार्वजनिक गरिसकेका थिए। हाँस्न सम्म भ्याएछु ।
“अाेहाे ! के रिप्लाई गराैँ?” मनले मनलाई नै साेध्याे
“ह्या के प्रपाेज नै अाकाे हाे र यत्रो विधि साेच्नलाइ?” अर्काे मन सामान्य बन्दै उत्तर दिन्छ
“हाेईन यार् जे भए पनि याैटा दामी रिप्लाई त दिनैपर्छ” भएकाे एउटा मन पनि थुप्रै मन भएर निस्कन थाल्याे ।
एक्कासि! अल्मलिएँ के रिप्लाई दिउँ ? कस्ताे रिप्लाई दिउँ।
“थ्याङ्यु एन्ड् सेम टु यु”
अरूले जस्तै सामान्य उत्तर दिउँ ? टाइप पनि गरेँ तर सेन्ड गर्नै मानेन मन ।
“के उसलाई पनि अरू जस्तै सामान्य बनाउँ  ?” मन अल्मल्लियाे, सेन्ड गर्न तम्तयार हातहरू पछि हटे ।
“वान अ बि यु माई फ्रेन्ड ?”
मनलाई दरिलाे बनाउँदै म्यासेज रिप्लाई गरिदिएँ ।
खुल्दुली भयाे कस्ताे रिप्लाई गर्छे..उत्ति बेलै म्यासेज सिन पनि देखायाे मानाैँ उसले मेरै म्यासेज कुरेर बसेकि हाेस्!
प्रत्येक सेकेन्ड मिनेट भन्दा धेरै लाग्न थालेकाे थियाे।
“ह्वाई नट्! अफ काेर्स” सटिक उत्तर अायाे ..
जुरूक्क उठेँ..मन हलुका भयाे। मस्त मुस्कुराई रहेकाे तेति बेलामात्र थाहा पाएँ जति बेला अर्काे बेडमा बसिरहेकाे साथी करायाे-
“अाेई मुला के भयाे? खुब एक्लै एक्लै चुमुक् चुमुक् गरेकाे छस् त अघिबाट”
“साले याैटा केटीले प्रपाेज गरी यार् आज” यसै गफ पेलिदिएँ कमसेकम उस्काे अघिकाे प्रश्नलाई डाेज पुगाेस् भनेर।
“हाहा प्रपाेज? त्याे पनि तँलाई?” यसरी हाँस्याे मानाैँ उसलाई जाेक्स् सुनाईरहेकाे छु!
“बढी ल्याङ्ल्याङ् नगर , नपत्याए अाईजा हेर्न” हिम्मतै गरेर बाेलाए। हाँसिरहेकाे उ फिस्स भयाे र ढाैडदै अायाे म भ’काे ठाउँमा।
एक छिन हाँस्ने पालाे मेराे अायाे उसलाई मुर्गा बनाउन पाएकाेमा
म्यासेज देखाए र मज्जाले हाँसे!
लागेकाे थियाे एक लात त उसले मलाई हान्छ तर उ केही गरेन!
भन्याे-“यार् ब्यानबाट ५० भन्दा केटीलाई यही म्यासेज पठाकाे छु तर कसैले रिप्लाई गरेनन् …गरेकाले नि थ्याङ्यु बाहेक केही भनेनन्” उसले दुखेसाे पाेख्याे
“हे हे चिन्ता नगर म छु नि म मिलाई हाल्छु नि सबै कुरा” लभ गुरु जस्तै सान्त्वना दिएँ!!
उ फिस्स हाँस्याे मात्र।
** **
त्याे दिन तेति धेरै कुरा हुन पाएकाे थिएन ।
बिस्तारै बिस्तारै धेरै कुरा हुन थाल्याे। कैले अनलाइनमा कैले अफ च्याट्मा। घर रामेछाप भए पनि पढाइ पाेखरा बसेर गरिरहेकाे बताउथि।
“फाेटाे पठाउन”
एक दिन यसै जिस्किने मुडमा भनिदिएँ।
“ह्वाट?”
उसले रिप्लाई गरी
“मेराे मुटुकाे चित्र हेर्न मन लाग्याे भनेकाे”
म झन् जिस्किदिएँ!
“चक्कु पठाईदिम् तेसाे भए?”
उ पनि जिस्किई
“हाेईन तिम्राे तस्बिर नै काफी छ”
यस्तै यस्तै संवादकाे केही पछि उसले फाेटाे पनि पठाइ सुन्दर नयन , गाेलाे मुहार, गुलाबी अाेठ , सुनाैलाे केश साँच्चि म हेरेकाे हेरै भएँ। आँखाभरि उस्कै मुहार !!
“के भयाे डरायाै कि क्या हाे ?”
उसले म्यासेज गरी
“हाेईन हेरेकाे हेरै भएँ ! कान्ट् स्टप् द अाईज्”
रिप्लाई गरेँ।
फाेटाे अादन प्रदान सँग-सँगै प्राइभेट कुराहरू पनि सेयर हुन थालिसकेकाे थियाे!
उ यति धेरै कुरा गर्थी लेख्न‌ै बस्ने हाे भने पनि गणेश असफल हुन्थ्ये सायद। आज याे भयाे त्याे भयाे देखि याे खाएँ..यसमा नुन नअाकाेले मीठाे नै भएन सम्मका कुराहरू गर्थी..म सुनिरहन्थेँ।
** ** **
मन न हाे ! अब च्याटकाे कुराले मात्र मनलाई तेतिकै रहन दिएन। भेट हुने कुरा भयाे। म मास्टर्सकाे पढाइ बुझ्न पाेखरा जानू पर्ने र तेई माैकामा भेटिने कुरा पनि भयाे। र भेट फेवातालकाे विन्ध्यवासिनी क्यापेमा हुने भयाे।
पहिलाे भेट नर्मस त तेसै थिएँ..अनेक कुरा खेलिरहेका थिए..के भन्ने के कुरा गर्ने यावत् यावत् ।
उ पहिलादेखि नै कुरेर बसिरहेकि रहिछ!
टाढैबाट देखेँ ।हातमा माेबाईल नाचिरहेकाे थियाे। प्रस्टै थियाे उ हतारमा छे। अझ उस्मा धैर्यता कम थियाे । क्याफेमा पुगिसकेकाे थिएँ। उ बाटाे हेरेर बसिरहेकि थिई। घण्टी बजाएँ। हतार हतार उठाई।
“अझै कुराउने मन छ हाे मिस्टर?” हेलाे पनि नभनी सुरुमै यस्ताे भनी।
“यसरी हेरिरहन पाइन्छ भने त मनले त्याे पनि नगर्ला भन्न सकिँदैन मिसेज् ” जिस्किएकाे पारामा बाेलेँ।
“तिमीलाई त….!!…भनन काँ हाे के तिमी?”
“तिम्राे पछाडीकाे क्याफेकाे फस्ट टेबलमा जहाँ बाट तिमी सजिलै देखिइरहेकी छाै”
यति भन्न नपाउदै फाेन काटि! र सरासर मै भएकाे टेबल आई।
“मान्छेलाई कुराउन त तिमी भन्दा माहिर अर्काे काेहि छैन हाेला संसारमा” बस्दै गर्दा उसले भनी!!
“अर्काे भेटमा तिमी हुनेछ्याै” मैले भनेँ
वेटर अायाे
“के लिन्छ्याै? उसलाई साेधेँ
“याेर् च्वाइस्” उसले भनी
“दुइटा क्याफाचिनाे” वेटर गयाे।
वातावरण एकान्त थियाे। र एकान्त थियाे उस्काे र मेराे त्याे साथ !
उसलाई नियाल्नु मै मेराे समय बितिरहेकाे थियाे।
पढाई ,भविष्य यावत् विषयमा कुरा भैरहेका थिए।
ऊ हरेक उत्तरहरू निराशावादी काेणबाट दिईरहन्थी ।
भन्थी–“साँच्ची भविष्य बनाउन मिल्थ्याे भने म थाेरै पछाडि फर्कन्थे र नयाँ जीवन सुरु गर्थेँ” उस्काे याे उत्तर मैले के बुझ्थे। साेचेँ “ह्या केटिकाे जात नै यस्तै हाे”
फाेनकाे घण्टी बज्याे।
टेबलमा भएकाे उस्काे माेबाईलकाे स्क्रिनमा “baba” नामकाे कल देखियाे।
“उफ्..एक्स्कियुज् मि” भन्दै टेबलबाट उठि।
“सुड्डाेले नि यति बेलै फाेन गर्नुपर्ने ” मेराे मन यसाे भनिरहेकाे थियाे।
“म सब्जी किन्दै छु”
“अाईहालेँ”
“बनाएर राखेकि छु दिँदै गर्नुस् न”
” हस् अाईहालेँ”
उस्काे यस्ताे संवाद सुन्न मलाई गाह्राे भइरहेकाे थिएन।
“अब म जानू पर्छ” उसले भनी।
“यति छिट्टै?”
“अँ नत्र झगडा हुन्छ”
मनमा चिसाे पस्याे र साेधिहालेँ -“कस्काे फाेन?”
“उहाँकाे”
“काे उहाँ?” मैले साेधेँ
“जसले मेराे सिउदाेमा सिन्दूर लगाइदिएकाे थियाे”
टिल्पिल् आँखासँगै उसले उत्तर दिई।
म खङ्ग्रङ् परेँ। सपनामा छु या विपनामा छु आफैलाई थाहा भएन।
उ भन्दै थिई–“१२ पढ्दा पढ्दै विवाहा गरिदिए..जुन उमेरमा विवाहाकाे मतलब नै थाहा थिएन..प्रेमकाे परिभाषा अझै बुझिसकेकी थिइन”
उ सामान मिलाउदै रूञ्चे स्वरमा भन्दै थिई
“म विवाहित हुँ। सिउदाे भरिएकी नारी। …तिमीसँगकाे याे सामिप्यता राम्राे हाे वा हाेईन त्याे त थाहा भएन तर प्रेमकाे परिभाषा बिस्तारै बुझ्न थालेकी छु झैँ जस्ताे लाग्न थालेकाे छ।”
यति भनीरहदा उसका अाखाबाट खसेका ताता आशुका ढिका तप्प मेराे हातमा पर्याे !
त्याे एक थाेपा आँसु नै मेराे लागि भयङ्कर सागर बनिदियाे जसले सपनाहरूसँगै आफूलाई बगाएर लैजान्छ। त्याे तरल एक थाेपा आँसु नै मेराे निम्ति कठाेर वज्र जस्तै बनिदियाे जसले मनमुटुलाई कयाैँ टुक्रा पार्ने सामर्थ्य राख्छ ।
म टुक्रिएकाे थिएँ , भत्किएकाे थिएँ । चेतना विहिन पिल्लर जस्तै मूढ थिएँ!!
म अवाक् थिएँ। शब्दहरू निस्किएनन्।
लाग्थ्याे उ मात्रै हाेईन शब्दहरूले पनि विछाेड गर्दैछन् मसँग ।
“राम्राेसँग जानू..टेक केयर” यति भन्दै आँखा पुछ्दै निस्किई!!
न उसले मलाई हेर्न सकी न त म नै एकदुई शब्द बाेल्न सकेँ ।म अवाक् अवाक् नै भइरहेँ। आकाश ममा केही फरक थिएन दुवै शून्य शून्य थियाैँ।
** ** **
उ गई तर उसले गरिरहने प्रश्न मनमष्तिकबाट जान मानेनन् ।
“के सिन्दूर नै प्रेमकाे अन्तिम परिभाषा हाे ?”
उसले साेधिरहने प्रश्न फेरि याद अायाे।
साेचेँ -हुन्थ्याे त सम्बन्ध-विच्छेदकाे नियम किन बन्थ्याे?
हन्थ्याे त कयाैँ दम्पतीका आँखामा आँसु किन बगिरहन्थे?
..खिन्न मन खिन्न नै बनिरह्याे जतिसुकै दरिला उत्तरहरू पनि मनकाे ठक्करसामु निश्तेज बनिरहे।।
** ** **
सुमन समपकाेटा “याैटा अपवाद