"उत्कृष्ट शैक्षिक गन्तब्य हो एडीलेड ” : बूमर्‍याङ निर्देशक आशिष वाग्ले - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

“उत्कृष्ट शैक्षिक गन्तब्य हो एडीलेड ” : बूमर्‍याङ निर्देशक आशिष वाग्ले



बूमर्‍याङ एजुकेशनल सर्भिसका निर्देशक आशिष वाग्लेले अस्ट्रेलियामा एडीलेड” उत्कृष्ट शैक्षिक गन्तब्य रहेको बताए। काठमाडौँमा स्टडी डेस्टिनेसन एडिलेड इभेन्टमा कुरागर्दै वाग्ले सो कुरा बताएका हुन्। बाग्लेले कार्यक्रमको बारेमा बताउदै भने ” पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख शैक्षिक गन्तब्य मध्यको एक अष्ट्रेलिया भएको छ जहाँ सिड्नी, मेल्बर्न र अन्य प्रमुख शहरहरुमा नेपालमा रहेका धेरै शैक्षिक परामर्श संस्थाहरुले पर्बर्धन गर्दै आए पनि साउथ अस्ट्रेलियाको शिक्षासँग सम्बन्धी बिबिध कुराहरुमा नेपाली विद्यार्थीहरु पूर्ण जानकार नभएको पाईन्छ।सोहि कुरालाई मध्यनजर गर्दै हामीले कार्यक्रम गरेका हौ “। सिड्नी, मेल्बर्न जस्ता शहर मात्र शैक्षिक गन्तब्य हुन भन्ने आम भ्रम रहेको तथा विद्यार्थीहरुलाई एथेस्ठ जानकारी नभएकोले एडिलेड पनि उत्कृष्ट शैक्षिक गन्तब्य हो भन्ने जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको बूमर्‍याङका निर्देशक आशिष वाग्लेले भने ।
वाग्लेले साउथ अस्ट्रेलियाको शैक्षिक अवस्थाको बारेमा थप्दै भने “कार्यक्रममा विद्यार्थीहरुको लागि निकै उपयोगी हुनसक्ने जानकारीहरु समेटिएको थियो एडिलेड बस्ने विद्यार्थीले अन्य शहरको तुलनामा खर्छ काम लाग्ने,पैसाको बाचात राम्रो गर्ने सकिने, अवसरको हिसाबले पनि एडिलेड उत्कृष्ट रहेको छ।” दक्षिण अष्ट्रेलियाको शिक्षा सम्बन्धी नेपालमा गरिएको पहिलो कार्यक्रम हो। बूमर्‍याङ एजुकेशनल सर्भिसले बिगतका बर्षहरुदेखी नै दक्षिण अष्ट्रेलियाको शिक्षा लाई प्रमोट गर्दै आएकोछ।

साउथ अस्ट्रेलिया र नेपालका विभन्न आफ्ना शाखाहरु बाट  नेपाली बिधार्थीहरुलाई परामर्श दिदै आएको शैक्षिक संस्था बूमर्‍याङ एजुकेशनल सर्भिसले अष्ट्रेलियाको स्टडी एडिलेड नामक संस्थाको सहयोगमा डेस्टिनेसन एडिलेड इभेन्ट सम्पन्न गरेको हो । काठमाडौँको होटल अन्नपूर्णमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालका थुप्रै कन्सल्टेन्सीहरु,निजी कालेजहरु,अभिभाबक संघका प्रतिनिधिहरु,अष्ट्रेलियाका निजी कालेज र सरकारी विश्वबिद्यालयका प्रतिनिधिहरु तथा विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो। कार्यक्रममा दक्षिण अष्ट्रेलिया को शिक्षा सम्बन्धी सम्पूर्ण जानकारी गराइेएको थियो।