सुचीविरुद्ध गोप्य सूचना चुहाएको मुद्दा दर्ता: १४ वर्षको जेल हुनसक्ने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुचीविरुद्ध गोप्य सूचना चुहाएको मुद्दा दर्ता: १४ वर्षको जेल हुनसक्ने



काठमाडौं- सैनिक शासकहरुले म्यानमारकी नेतृ आङ्ग सान सुचीविरुद्ध गोप्य सुचना बेचेको भन्दै मुद्दा दर्ता गरेका छन् । नेतृ सुचीविरुद्ध गोप्य सूचना चुहावट सम्बन्धी नयाँ मुद्दा हालिएको बताइएको छ ।

म्यानमारको कानुन अनुसार उक्त मुद्दामा दोषी प्रमाणित भए सुचीलाई १४ वर्षको जेल सजाय हुने छ । अहिले नेतृ सुची सैनिक शासकहरुको कब्जामा छिन् ।

गत फेब्रुअरी १ मा सेनाले कू गरेयता सुचीसहित नेशनल लिग फर डेमोक्रेसीका नेताहरुलाई बन्धक बनाइएको छ । अहिले म्यानमारको स्थिति भयाबह बनेको छ ।

बेलायतको उपनिवेश हुँदाको कानुन अनुसार सुचीमाथि मुद्दा दायर भएको उनका वकिलले जानकारी दिएका छन् । उनका अनुसार सुचीविरुद्ध गैरकानुनी रुपमा ५ वटा तारविहीन रेडियो सेट साथमा राखेको आरोप पनि लगाइएको छ । उनीविरुद्ध कोरोना भाइरस सम्बन्धी प्रावधान उल्लंघन गरेको आरोप पनि लगाइएको ।

सैनिक शासनविरुद्ध बढिरहेको जनप्रदर्शन दबाउन हिंसाको सहारा लिइरहेको शासकहरुले सूचना आदानप्रदानलाई रोक्नका निम्ति म्यानमारमा ताररहित इन्टरनेट सेवा बन्द गरिएको छ ।