सुदूरपश्चिम कुनै पनि हालतमा टुक्रिँदैन : रावल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुदूरपश्चिम कुनै पनि हालतमा टुक्रिँदैन : रावल



हिमाल पोष्ट / बैतडी , मङ्सिर । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रदेश नं ७ र सुदूरपश्चिम कुनै पनि हालतमा नटुक्रिने बताउनुभएको छ ।

प्रेस चौतारी बैतडीले आज सदरम्ुकाममा गरेको पत्रकार सम्मेलन उहाँले अहिलेको सरकारले सुदूरपश्चिमलाई टुक्राउन खोजेको भएपनि यसलाई कुनै पनि हालतमा टुक्रिन नदिने बताउनुभएको होे ।

सुदूरपश्चिमका तराई र पहाडी जिल्लाको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रुपमा अन्तरसम्बन्ध रहेको हुनाले एमालेले यो सम्बन्धलाई छुट्टिन नदिने दृढता उहाँले व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको कुर्सी ताकेर प्रदेश नम्बर ७ लाई टुक्राउन खोजेको उहाँको आरोप थियो ।

उहाँले छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न वर्तमान सरकारलाई आग्रहसमेत गर्नुभयो । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो – “अहिलेको सरकारले ल्याएको संविधान संशोधन जनताको हित विपरीत छ ।”