सुदूरपश्चिम प्रदेश सांसदद्वारा कोरोना नियन्त्रण तथा रोकथाम कोषमा सहयोग - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुदूरपश्चिम प्रदेश सांसदद्वारा कोरोना नियन्त्रण तथा रोकथाम कोषमा सहयोग



कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सांसदहरूले प्रदेश सरकारले खोलेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा १५ दिनको पारिश्रमिक जम्मा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले ८ लाख ४९ हजार ७५० रुपैयाँ जम्मा गरेको नेकपा सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक तारा लामाले जानकारी दिए । उक्त रकमको चेक प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आज हस्तान्तरण गरिएको छ ।

त्यस्तै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेश सांसदहरूले पनि कोषमा १५ दिन बराबरकै रकम जम्मा गर्ने निर्णय गरेका छन् । कांग्रेस सांसदहरूले २ लाख ८३ हजार ५ सय र राजपाका सांसदहरूको ५६ हजार ५ सय रुपैयाँ जम्मा गरेका हुन् ।