चुनाव हार्ने सुजाता कोइरालाको लक्षण - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

चुनाव हार्ने सुजाता कोइरालाको लक्षण



विराटनगर- पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ क्षेत्र नम्बर २ बाट २ सय मतले पछाडि परेकी छिन्।

उनलाई नेकपा एमालेका ऋषिकेश पोखरेलले उछिनेका हुन्।

प्राप्त मतगणना अनुसार ऋषिकेशको पक्षमा हाल ८७३९ मत खसेको छ भने सुजाताले उनलाई पछ्याउँदै ८५३९ मत ल्याएकी छिन्।

मोरङ- २ मा कुल मतदाता संख्या १ लाख १० हजार भएकोमध्ये ८० हजार १ सय १७ मत खसेको थियो। यो चुनाव क्षेत्रमा यसअघि मिनेन्द्र रिजाल विजयी भएका थिए।