मनोज गजुरेल, खुमन अधिकारी, रेखा जोशी लगायतले सुखड तताउने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मनोज गजुरेल, खुमन अधिकारी, रेखा जोशी लगायतले सुखड तताउने



सुखड, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा हास्य कलाकार मनोज गजुरेल, लोक दोहोरी गायक खुमन अधिकारी ,देउडा गायिका रेखा जोशी लगायतका कलाकारहरू आउने भएका छन् ।

घोडाघोडी फाउण्डेसनको एघारौं बार्षिक उत्सबको अवसरमा यही मंसिर २१ गते उक्त कलाकारहरु आउने शनिबार पत्रकार भेटघाट कार्यक्रममा आयोजकले जानकारी दिएको छ ।

नगरपालिका भित्रका सामुदायीक र संस्थागत बिद्यालयबाट कक्षा ५, ८ र १० को बोर्ड परिक्षमा सबै भन्दा उच्च अंक ल्याउने १८ जना होनहार बिद्यार्थीहरुलाई हौसला प्रदान गर्न आयोजना गर्न लागीएको उक्त कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल,लोक दोहोरी गायक खुमन अधिकारी, लोक दोहोरी गायिका सम्झना लामिछाने मगर र देउडा गायिका रेखा जोशीको प्रस्तुति रहने घोडाघोडी फाउण्डेसनका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईले सामाजिक ब्यक्तित्व, सामाजिक अभियन्ता, बरिष्ठ समाजसेबीका साथै महत्वपुर्ण ब्यक्तित्वहरुको उपस्थिति रहने कार्यक्रममा नगरपालिका भित्रका सामुदायीक र संस्थागत बिद्यालयबाट कक्षा ५, ८ र १० को बोर्ड परिक्षमा प्रथम, द्धितृय तथा तृतिय हुने बिद्यार्थीहरुलाई नगरसहित अन्य पुरस्कार दिईने जानकारी दिए ।

कार्यक्रममा सुदुरपश्चिम विश्व विद्यालयका पुर्व रजिस्ट्रार तथा सुदुरपश्चिम प्रदेशकै अगुवा विद्वान प्राध्यापक डा. हेमराज पन्त, बरिष्ठ समाजसेबी शुमित्रा बस्नेतद्धारा बिद्यार्थीहरुलाई पुरुस्कार दिईने समेत भट्टराईले जानकारी दिए । कार्यक्रम राष्ट्रिय मावी सुखडको खेल प्राङ्गणमा हुने आयोजकले जनाएको छ ।