‘सुकुम्बासीलाई लालपुर्जा कति पटक बाँड्ने ?’ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

‘सुकुम्बासीलाई लालपुर्जा कति पटक बाँड्ने ?’



बुटवल : मुलुकको लोकतान्त्रिक व्यबस्थालाई मजबुद बनाउनका थप महत्वपूर्ण कामकालागि नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आवश्यक रहेको नेपाली काँग्रेसका नेताहरु बताएका छन् ।

रुपन्देहीको सैनामैनामा नेपाल भूतपूर्व सैनिक संघ सैनामैनाले राखेको चुनावी कार्यक्रममा बोल्ने काँग्रेस नेताहरुले लोकतान्त्रिक व्यबस्थाको रक्षा संगै रुपन्देहीलाई केन्द्रमा राखेर पाँच नम्बर प्रदेशको राजधानी बनाउन, सुकुम्बासी र अव्यबस्थित बस्तीलाई पुर्जा सहित व्यबस्थित गर्नकालागि पनि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनीधि सभा उम्मेदवार युवराज गिरीले रुपन्देही जिल्लालाई केन्द्रमा राखेर प्रादेशिक राजधानी बनाउनकालागि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको बताउनु भयो ।

नेकपा एमालेले प्रादेशिक राजधानी दाङ् बनाउने प्रस्ताव गरिसकेकाले एमाले नेता विष्णु पौडेलले बुटवललाई प्रादेशिक राजधानी बनाउँछु भन्नु सुकुम्बासीलाई लालपुर्जा बाड्छु भनेर झुटा बाचा गरेजस्तै झुक्याउने नयाँ एजेण्डा भएको नेता गिरीले दावी गर्नुभयो ।उहाँले नेपाली काँग्रेसले जितेमा रुपन्देहीलाई केन्द्रमा राखेर प्रादेशिक राजधानी बनाउने, सुकुम्बासी र अव्यबस्थित बस्तीमा रहेका जनतालाई लालपुर्जा वितरण गरेर व्यबस्थित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।बुटवलको फूलबारीमा स्थापना भएको भारतीय भूतपूर्व सैनिकको पेन्सन क्याम्प नेपाली काँग्रेसकै पहलमा स्थापना भएको र नेपाली काँग्रेसकै पहलमा स्थायी क्याम्पको सिलान्यास भएकाले कुनै पनि शक्तिले हटाउन नसक्ने चेतावनी दिनुभयो । ‘बुटवलको भारतीय भूपूको स्यायी क्याम्प कुनै पनि शक्तिले हटाउन सक्दैन ।’

उहाँले चेतावनी दिँदै भन्नुभयो–‘भूपूको साथमा नेपाली काँग्रेस छ ।’त्यस्तैगरी क्षेत्र नं. २(२) का प्रदेश सभा उम्मेदवार महेशमान सिंहले एमाले नेता विष्णु पौडेल प्रति लक्षित गर्दै सुकुम्बासीका नाममा कहिलेसम्म राजनीति गर्ने हो भन्ने प्रश्न गर्नुभयो । उहाँले आफूहरुले चुनाव जितेको खण्डमा सुकुम्बासीका नाममा हुने भोटको राजनीति अन्त्य गर्ने बताउनु भयो ।

उहाँले तिनाउ तथा दानव नदिलाई व्यबस्थित गर्ने र नदि उकास क्षेत्रमा व्यबस्थित औद्योगिक कोरिडोर बनाउने बताउनु भयो ।नेपाल भूतपूर्व सैनिक संघ सैनामैनाको अध्यक्ष हरिहर पछाईको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनीधि बालकुमारी भण्डारी, जिल्ला सदस्य फणेन्द्र शर्मा, गोबिन्द लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, पूर्व सैनामैना नगर सभापति मोहन बानियाँ, भूतपूर्व सैनिक संघका क्या. रणबहादुर ढेंगा, मित्रबहादुर एमसी, गोबिन्द आचार्य लगायतले लोकतन्त्रको रक्षाकालागि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको बताएका थिए ।आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले प्रचार प्रसारका कार्यक्रम तिव्र रुपमा अंगाडी बढाएको छ ।

नेपाली काँग्रेसबाट क्षेत्र नं. २ का प्रतिनीधि सभा उम्मेदवार युवराज गिरी तथा प्रदेश सभा उम्मेदवार २(१)का काजिमान श्रेष्ठ र २(२)का महेशमान सिंहले बिभिन्न स्थानमा घरदैलो तथा भेटघाटका कार्यक्रमलाई तिब रुपमा अंगाडी बढाएको प्रचार प्रसार समितिका संयोजक महाधिवेशन प्रतिनीधि रामबहादुर कार्कीले जानकारी दिनुभयो ।त्यस्तैगरी नेपाली काँग्रेसले शुक्रबार नै तिलोत्तमा नगरपालिकाको वडा नं. ३ मा पनि शुक्रबार नै वडा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । उक्त सम्पर्क कार्यालयको प्रतिनीधि सभा उम्मेदवार गिरी तथा प्रदेश सभा उम्मेदवार काजिमान श्रेष्ठले गर्नुभएको थियो ।