सुमन सायमीले एकाएक घन्टीलाई उछिने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुमन सायमीले एकाएक घन्टीलाई उछिने



काठमाडौं– काठमाडौं-८को पछिल्लो मतगणना अनुसार हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन्।

उनी लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा छन्। कूल ४ हजार ९० मतगणना गर्दा सायमीले १ हजार ३ सय ३७ मत प्राप्त गरेका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठले १ हजार ९०, नेकपा एमालेका शिव सुन्दर राज वैद्यले ५ सय ८७ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ सय १७ मत प्राप्त गरेका छन्।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सायमीले काठमाडौंको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले करिब १३ हजार मत प्राप्त गर्दा र्वतमान मेयर बालेन विजयी भएका थिए।