सुनको मूल्य बढ्यो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुनको मूल्य बढ्यो



आज सुनको मूल्य २०० रुपैयाँले बढेको छ । 

हिजो  ७० हजार २०० रुपैयाँमा खरीद बिक्री भएको छापावाल सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले बढेर ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँले बढेर ७० हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।