गुणस्तर परीक्षण गर्न संकलन गरेको करोडौंको सुन कर्मचारीले गायब पारे - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गुणस्तर परीक्षण गर्न संकलन गरेको करोडौंको सुन कर्मचारीले गायब पारे



काठमाडौं- गुणस्तर परीक्षण गर्न संकलन गरिएको झन्डै एक करोड रुपैयाँको सुन गायब भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायव भएको हो ।

सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो ।

संकलन गरिएको नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।