एकैदिन तोलामा तीन हजार घट्यो सुनको मूल्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एकैदिन तोलामा तीन हजार घट्यो सुनको मूल्य



काठमाण्डाै – सुनको भाउ शुक्रबार एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ ।

सुनको भाउ शुक्रबार तोलाको ७८ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा ४० रुपैयाँ घटेर तोलाको आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबार खस्किएसँगै सुनचाँदीको भाउ घटेको महासङ्घले जनाएको छ ।