सुनको मूल्य हालसम्मकै उच्च ,कारोबार ठप्प - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सुनको मूल्य हालसम्मकै उच्च ,कारोबार ठप्प



काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

शुक्रबार तोलामा ६५ हजार आठ सयमा कारोबार भएको सुन आइतबार बढेर तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउले आइतबार नयाँ कीर्तिमान बनाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । त्यसकै असर नेपालमा पनि परेको हो ।

सुनको भाउ महँगो भएपछि कारोबार ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीको भनाइ छ ।