सुनले राख्यो नयाँ रेकर्ड - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुनले राख्यो नयाँ रेकर्ड



काठमाडौं- पहेँलो धातु सुनले हरेक दिन नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार (आज) पनि तोलामा १ हजारले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

पछिल्लो समयमा सुनको मुल्य लगातार बढी रहेको छ । एक सातामा तीन हजार रुपैयाँले सुनको मुल्य बढेको छ । गत साउन २१ गते सुन प्रतितोला ६८ हजार रुपैयाँ थियो । मंगलबार तीन हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

विहिबार ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७१ हजार प्रतितोला पुगेको छ ।

पछिल्लो समयमा युरोपमा भएको आर्थिक मन्दी, अमेरिका र चिनविचको व्यापार युद्ध र इरानमा अमेरिकाले लगाएको प्रतिवन्धका कारण लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुदा सुनको मुल्य बढेको हो।

यसदिन चाँदी प्रतितोला ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।