जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा सुनवल प्रथम - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा सुनवल प्रथम



रंजीत शर्मा/नवलपरासी
पाल्हीनन्दन गाउँपालिका वार्ड न २ हरपुरमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनवल नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको छ।

शनिवारदेखि पाल्हीनन्दन गाउँपालिका वार्ड न २ हरपुरमा स्थित श्री हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा संचालित रनिङ शिल्ड प्रतियोगितामा सुनवल नगरपालिका प्रथम, प्रतापपुर गाउँपालिका दित्तिय र बर्दघाट नगरपालिका तृतीय स्थान प्रताप गरेका हुन्।

प्रतियोगितामा सहभागी ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तहले १५२ वटा पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा सुनवल नगरपालिकाले १४ स्वर्ण पदक,१७ रजत पदक र २७ कास्य पदक गरी कुल ५८ पदक सहित प्रथम स्थान, प्रतापपुर गाउँपालिकाले १० स्वर्ण पदक,१७ रजत पदक र ३ कास्य पदक गरी कुल ३० पदक सहित दोस्रो स्थान, बर्दघाट नगरपालिकाले ७ स्वर्ण पदक,४ रजत पदक र ९ कास्य पदक गरी कुल २० पदक सहित तृतीय स्थान प्राप्त गरेको छ।

त्यस्तै प्रतियोगितामा सुस्ता गाउँपालिकाले ६ स्वर्ण पदक, ७ रजत पदक र ५ कास्य पदक गरी कुल १८ पदक सहित चौथो स्थान,सरावल गाउँपालिकाले ४ स्वर्ण पदक,५ रजत पदक र ५ कास्य पदक गरी कुल १४ पदक सहित पाँचौं स्थान, रामग्राम नगरपालिकाले २ स्वर्ण पदक, ३ रजत पदक र ३ कास्य पदक गरी कुल ८ पदक सहित छठौ र पाल्हिनन्दन गाउँपालिकाले १ स्वर्ण पदक र ३ कास्य पदक गरी कुल ४ पदक सहित अन्तिम स्थान प्राप्त गरेको छ।

समापन समारोहलाई सम्बोधन गर्दै पाल्हिनन्दन गाउँपालिका अध्यक्ष वैजू प्रसाद गुप्ता (दीपक) ले सर्वाङ्गीण विकासको आधार स्तम्भ खेलकुद क्षेत्र भएको बताउँदै विजेता सम्पुर्ण खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

खेलाडीलाई बधाई तथा शुभकामना दिँदै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रतापपुर गाउँपालिका भित्र हुने घोषणा गरेका छन्

समापन समारोह जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वितमान कामू मगरको अध्यक्षतामा तथा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजू प्रसाद गुप्ता (दीपक) को प्रमूख अतिथीकतामा सम्पन्न भएको छ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल,कबड्डी, दौड,हाई जम्प,लङ जम्प,कराँते लगायतका खेलहरु सञ्चालन भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वितमान कामू महरले जानकारी दिए ।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका उपाध्यक्ष फतिमा खातुन अन्सारी (सकिना),प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव,वार्ड नं २ अध्यक्ष जगदिश गुप्ता,पत्रकार लगाएत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।