सुनिता डंगोललाई दुईतिहाइभन्दा बढी मत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुनिता डंगोललाई दुईतिहाइभन्दा बढी मत



काठमाडौं- काठमाडौं महानगरपालिकामा सुरुवाती मतपरिणाम आइरहेको छ । मेयरमा बालेन शाहले लिड गर्दैगर्दा उपमेयरमा भने एमालेकी सुनिता डंगोलले राम्रो मत ल्याएकी छन् ।

उपमेयरमा एमालेकी सुनिता फराकिलो अन्तरालमा लिड गरेकी छन् । प्राप्त विवरण अनुसार ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी हुन् ।

गनिएको मतअनुसार उनले ल्याएको मत दुईतिहाइभन्दा बढी हो । काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेटजति लाग्ने बताइएको छ ।