सुनको मूल्य ८० हजार भन्दा बढी हुने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुनको मूल्य ८० हजार भन्दा बढी हुने



काठमाण्डाै- पछिल्लाे केही दिनयता सुनको भाउ ह्वात्तै छ । शनिबार पनि सुनकाे भाउ बढ्ने क्रम राेकिएन ।

सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारकाे भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ ।

चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार नाघ्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिको अनुमान छ ।

यस्तै चाँदी आइतबार ताेलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ ।