सुनको मूल्यमा गिरावट: यस्तो छ कारोबार - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सुनको मूल्यमा गिरावट: यस्तो छ कारोबार



काठमाडौं : नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ। आइतबार सुन तोलामा २ सयले घटेर ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य भने ७० हजार १ सय रुपैयाँ कायम गरिएको छ।

शुक्रबार सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी तोलामा ८५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार  चाँदी तोलाको सोही मूल्यमा किचबेच भएको थियो।