सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने



हिमाल पोष्ट  / २८ मंसिर, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो ।

‘अन्तर्राष्ट्रिय बजारमा डलर मजवुद हुँदै गएकाले सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ’, सुनचाँदी व्यवसायी तजरत्न शाक्य भन्छन्,‘यहीँ अनुपातमा सुनको मूल्य घट्दै गए प्रतितोला ५० हजार रुपैयाँसम्म झर्ने अनुमान गरिएको छ ।’ आजको कारोबार दैनिकमा समाचार छ ।

विश्लेषकका अनुसार डलर मजबुद बन्दै जानु, सेयरबजारमा लगानीकर्ता आकर्षित हुनु, अमेरिकी फेडर बैंकले व्याजदरमा बृद्धि गर्नुसँग रोजगारीमा आएको वृद्धिजस्ता कारणले सुनको मूल्य क्रमश ओरालो लाग्दै गएको हो ।