३३ किलो सुन काण्डका मुख्य अरोपी पन्थलाई नेपाल ल्याइयो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

३३ किलो सुन काण्डका मुख्य अरोपी पन्थलाई नेपाल ल्याइयो



काठमाडौं, भदौ ५।

३३ किलो सुन तस्करी काण्डका मूख्य अरोपी राजनप्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको आग्रहमा पन्थ विरुद्ध रेडकर्नर नोटिस जारी गरेपछि उन दुबई पुलिसले पक्राउ गरेको थियो ।

७० दिन दुबई प्रहरीको हिरासतमा रहेका पन्थलाई त्यहाँका कानुन अनुसार कारबाही गरेपछि त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई सोमबार नेपाल ल्याएको हो ।

सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो बढी सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।