सनी लियोनी नेपालमा ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सनी लियोनी नेपालमा ?



काठमाडौं । अभिनेत्री सनी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’ यही २७ भदौबाट सिनेमा हलमा रिलिज हुँदै छ । यो फिल्मको प्रिमियरको लागि २५ भदौमा अभिनेत्री सनी लियोनी नेपाल आउने चर्चा छ । 

अहिलेसम्मकै सबैभन्दा महँगो साँढे ४ करोड लागतमा बनेको भनिएको यो चलचित्रमा सनी लियोनीलाई राख्नुको कारणबारे नेपाली चलचित्रलाई विश्व बजारमा चिनाउनु रहेको यसका निर्माता विक्रम जोशीले बताएका छन् ।

यो फिल्ममा विक्रम जोशी निर्मातासँगै नायकको रूपमा पनि छन् । आफ्नो फिल्मले नेपालको पर्यटन बढ्ने बताउँदै उनले भने, ‘पर्यटन विकासका लागि सिनेमा भरपर्दो माध्यम भएकाले हामीले सनी लियोनीलाई फिल्म पासवर्डमा राखेर उनीमार्फत नेपाली चलचित्र र नेपाललाई विश्व बजारमा जोड्दै छौं । 

सनीजस्तो अन्तर्राष्ट्रिय कलाकारले नेपाल र नेपाली चलचित्रको बारेमा बोल्दै पक्कै पनि हाम्रो सिनेमासँगै नेपालको पर्यटनको पनि प्रचार हुनेछ ।’