सनराइजर्स हैदरावादको आईपीएल क्रिकेटमा लगातार दोस्रो जित - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सनराइजर्स हैदरावादको आईपीएल क्रिकेटमा लगातार दोस्रो जित



एजेन्सी । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा मुम्बई इण्डियन्सलाई १ विकेटले हराउदै सनराइजर्सले लगातार दोस्रो जित निकालेको हो ।

राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १४८ रनको लक्ष्य घरेलु टोली सनराइजर्सले पुरै २० ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । सनराइजर्सको जितमा शिखर धवनले ४५ तथा दिपक होडाले अविजित ३२ रनको योगदान दिए । यस्तै कप्तान केन विलियमसन मात्र ६ रनमा आउट हुँदा रिद्दिमान साहले २२ रन बनाए । मुम्बईका मायाँक मार्कन्डेले ४ विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमानले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभर खेल्दै ८ विकेट गुमाएर १४७ रनको योगफल तयार गरेको थियो । मुम्बईको लागि एभिन लेवीसले २९ तथा किरोन पोलार्ड र सुर्य कुमार यादबले समान २८ – २८ रन जोडे । यस्तै कुर्नेल पाण्डयले १५ तथा कप्ताब रोहित शर्माले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । सनराइजर्सका सन्दिप शर्मा, बिली स्टानलेक र सिद्धार्थ काउलले समान २ – २ विकेट लिए ।

यो जितसँगै सनराइजर्स हैदरावादले लिगमा ४ अंक जोडेको छ । जितसँगै सनराइजर्सले लिगको शीर्ष स्थानमा उक्लदै प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । पराजित मुम्बई अंकबिहिन रहेर लिगको छैटौं स्थानमा छ । मुम्बईको यो लिगमा लगातार दोस्रो हार हो ।