हजार बढी पीडितको उपचार र राहत सामाग्री वितरण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

हजार बढी पीडितको उपचार र राहत सामाग्री वितरण



सुनसरीः

दुई साता अघि गएको बाढीबाट प्रभावित सुनसरीका विभिन्न क्षेत्रका बासिन्दालाई राहत वितरण गरिएको छ। बाढीबाट अतिप्रभावित क्षेत्रमा चामल, दाल, मसौरा, तेल, नुन, साबुन, फलफुल लत्ताकपडा र मछर बाट जोगिन झुल ५०० पिस वितरण गरिएको हो।

बाढी प्रभावित क्षेत्रमा मच्छरको टोकाई बाट सरुवा रोग लाग्ने खतरा भएकोले जुल बाँडीएको बताइएको छ ।

५०० पीस झुल कोरियन कम्यूनिटी फेलोसिप बाट प्राप्त भएको थियो ।

सिडिपिएन, कोरियन कम्यूनिटी फेलोसीप, रोज क्लब ईन्टरनेसनल गोदावरीले संयुक्त रूपमा सुनसरीमा राहत वितरण गरेका हुन्। आयोजकका अनुसार सुनसरीको नरसिंह ७ मा २ सय घर धुरी, भोक्रा ४ मा १सय ५०, बबियामा १ सय र लौकहीमा १ सय ७० घर परिवारलाई राहत वितरण गरिएको छ।

यस्तै बाढीप्रभावित क्षेत्रमा स्वास्थ्यशिविर समेत चलाइएको आयोजक संस्थाले जनाएको छ। आयोजकका अनुसार नरसिंहमा ६ सय ३० जना र लौकहीमा ३४३ जना बाढी पीडित बिरामीको उपचार गरिएको छ।