सुपादेउराली टुर एण्ड ट्रावल्स फुट्दै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सुपादेउराली टुर एण्ड ट्रावल्स फुट्दै



हिमाल पोस्ट /नयाँ दिल्ली 

बिगत लामो समयदेखि दिल्ली देखि नेपाल सेवा दिदै आएको  सुपादेउराली टुर एण्ड ट्रावल्स अब फुट्ने भएको छ ।

ट्रावल्सका एक पदाधिकारीका अनुसार समिति  भित्रै विवाद रहेको र यात्रुहरुले पछिल्लो समय सुबिधा नपाएको गुनासो गरेपछि जवाफदेहिता नभएको  भदै अब समिति फुट्ने जनाकारी गराएका हुन् ।”समितिका २-३ जना व्यक्तिले रवैया देखाउन खोजेपछि हामी ८-९ जनाको ग्रुपले छुट्टिने निर्णय गरेका हौ “समितिकै अर्का व्यक्तिले हामीलाई भने ।

भारतमा  रहेका  संघ संगठन संग राम्रो मेलमिलाप भएका व्यक्तिहरुको  ग्रुप नै छुट्टिने भनेपछि सुपा देउरालीमा हङ्गामा मच्चियको एक जना संगठनका व्यक्तिले बताए  । उनि भन्छन सुपादेउरालिमा दादागिरी नै चलेको थियो जे होस अब यात्रुहरुले राहत पाउने भए  ।