सुपा देउरालीको एसी गाडीमा युवती फेला , भन्छिन -मलाई कसैले ल्याएको हैन आफै आएकी हु ! « Himal Post | Online News Revolution
Logo

सुपा देउरालीको एसी गाडीमा युवती फेला , भन्छिन -मलाई कसैले ल्याएको हैन आफै आएकी हु !



हिमाल पोस्ट /नयाँ दिल्ली,असोज ८ 

वैतडीमा पहाड घर बताउने मन्जरी (बनावटी नाम) को उमेर १९ वर्ष जतिको छ । १२ कक्षासम्म पढेको बताउने उक्त युवती कसैको सहाराविना दिल्ली आउन सफल भएको वताउछीन । कलिलो उमेरकी उनी बाजेको नम्बर लिएर दिल्ली आए । नम्बर लेखेको डायरी नै हरायो, बाबा स्वर्गे भएपछि घरको अवस्था दयनीय छ, आमा र दुईवटा साना भाईहरु घरमा छन् ।

भारतमा कतै दुकानहरुमा काम पाइएला भन्ने सुरले बसमा बसेर यहाँ आएको उनी वताउछीन । तिमि कसको सहारामा यो अपरिचित सहरमा आयौ ? भन्ने जिकिर गर्दा उनी भन्छिन, बजै कन्चनपुरमा बस्छिन । बजैले टिकटको व्यवस्था गरेर दिल्लीसम्म पठाउन मद्दत गरिन । र म यहाँ आए । मलाई थाह थिएन, १०० नम्बरमा पनि फोन कल हुन्छ भन्ने । मेरो फोन कसैले खोसेर डायल गरिदियो । म फसे, म दोषी हैन । अब म नेपाल फर्कन्छु ।

सुपा देउराली टुर एण्ड ट्रावल्सले सञ्चालनमा ल्याएको वातानुकुलित सुनामी बस रापती यातायातमा नेपालगंजदेखि बसेर उनी सजिलै दिल्ली आएको वताउछीन । तर उनी कसैलाई दोष दिन्न, कसैले मलाई फसाउन ल्याएको हैन । कुनै केटासँग पनि भागेको हैन । बाजेको आधारमा आए । ऐले उनकै फोन नम्बर भएको डायरी हराउदा अलपत्र परेकी हुँ ।

दिल्लीको लाजपतनगर थानामा उनलाई सोधपुछका लागि राखिएको थियो, हिजो दिनभर । उनलाई जिम्मेवारी सहित नेपाल पुर्‍याउन नेपाली राजदूतावास महामहिमको निजी विशेष व्यक्ति चन्द्रकान्त शर्मा नेपालगंज थानामा लगेर जिम्मा लगाउदै दसैँ मनाउन नेपाल घर जाने तरखरमा संजोगले भेटिएका छन् ।

गाडीको परमिट सहित अलपत्र मंजरी र गाडी चालक मोनु थानामै बस्न परेको थियो । सुपा देउरालीका संस्थापक कृष्ण पौडेल, महासचिव तुलाराम शर्मा, सञ्चालक राजु कुँवर र वर्षा प्रधान उनीहरूलाई सहयोग गर्न थानामा दिनभर खटिएका थिए ।

चन्द्र दाइ र सुपाका कर्मचारी सहित अलपत्र युवती नेपाल फर्किएकी छन् । उनलाई स–कुशल नेपालगंज थानामा लगी जिम्मा लगाइएको छ भने, वैतडी सम्म पुग्न लाग्ने सम्पूर्ण खर्चको व्यवस्था सुपा देउरालीले वहन गर्ने भएको छ ।

उनी कसरी सिमाक्षेत्रबाट भारत छिर्न सफल भई होलान् ?

हामी आफ्नै छोरी चेली सहित नेपाल भारत सिमानाकाबाट आउँदा धेरै सोधपुछ हुन्छ । आवश्यक कागजातहरू मिलान गर्न नसके भारत छिर्न पाईदैन । विभिन्न आइएनजिओ र एनजिओहरुले त झन् अनावश्यक रूपमा धेरै खोजिनिधि गर्छन् । तर एउटा १९ बर्से ठिटि दिल्लीमा अलपत्र भेटिन्छन ।

उनलाई ललाई फकाई गरेको देखेर दिल्ली पुलिसले शङ्काको भरमा थानामा लैजान्छ । उनी अबोध बनिरहदा बोकेर ल्याउने बस व्यवसायी समितिका मानिसहरूले सास्ती बेहोर्नु पर्छ । बस चालक र बसको परमिट समेत दिनैभरीका लागि थानामा रोक्का हुन्छ ।

सामाजिक अभियन्ता, पत्रकारहरु र दूतावासको सहयोगमा थानासँग सहमति हुन्छ र छुट्कारा पाउछन । तरपनी अनुत्तर मेरो प्रश्न कलिलो उमेरका नेपाली धेरै मन्जरीहरु सजिलै दिल्ली र दिल्ली आसपासका सहरमा आउछन र बेचिन्छन, तर कसरी आउछन ?

यो चुनौती सिमानाकामा तैनात रहेका कर्मचारीतन्त्र र आइएनजिओ एनजिओका नाईकेहरुका लागि हो । सजिलै कसरी भारत छिर्न दिन्छन होला, जहाँ आफ्ना चेलीहरु दिन दहाडै कोठीहरुमा बेचिन्छन । जबरजस्ती बेश्यावृतिमा लगाईन्छ, रोक लगाउने उपाय त छन् तर पैसाको अगाडी कसैको केही नचलेको हो की ?

नेपालगंज नाकामा मात्रै हो की ? यस्तो फितलोपन । अन्य नाकाहरुमा पनि हो ? त्यो भने बुझ्न जरुरी छ, एकातिर भने, अर्कोतिर यातायात व्यबसायीहरुले एकजनाको भाडाले बस किन्ने सोंचबाट बाहिर आउन जरुरी छ । एक अवला नारीलाई १५–१७ सय भारु भाडाको लोभमा नउठाए राम्रो, नत्र तपाईहरुलाई औला ठड्याउने प्रवासी जनता गलत हुँदै हैनन् ।