सुपादेउराली सांगीतिक सौगातको सम्पुर्ण तयारी पुरा ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सुपादेउराली सांगीतिक सौगातको सम्पुर्ण तयारी पुरा !



केशव पोखरेल / दक्षिण कोरिया, १७  असोज 

अर्घाखाँची सम्पर्क मन्च कोरियाले आयोजना गर्न लागेको सुपादेउराली  सांगीतिक  सौगात भाग १ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटीले जनाएको छ ।”सम्पूर्ण तयारी पुरा भईसक्यो केही कलाकारहरू आईसक्नु भयो केही भोलिबिहान सम्ममा आईपुग्नु हुन्छ” मन्चका अध्यक्ष दिनामणि पौडेलले बताए  ।

लुम्बिनी आवास गृहको स्थापनार्थ हुन लागेको उक्त कार्यक्रममा नेपाल आईडल का चर्चित गायकहरु सागर आले, सुरज थापा, लोकगायक रामजि खाण, लोकदोहोरि गायिका सम्झना लामिछानेमगर, चर्चित डान्सर रश्मि तामाङ र एक सय भन्दा बढी व्यक्ति को क्यारिकेचर गर्ने हास्यब्यङ्ग कलाकार दिनेश काफ्लेको बेजोड प्रस्तुति रहने आयोजक कमिटीले जानकारी गरायको छ ।

दोङ्तेमुन ट्रेन स्टेसन गेट न. 3 बाट कार्यक्रमस्थल जानको लागि बसको व्यवस्था समेत गरिएको मन्चका सहकोषाध्यक्ष टिकाराम पोखरेलले जानकारी गराए ।

कार्यक्रम निम्न स्थानमा हुने र कोरियावासि सम्पूर्ण नेपाली दाजुभाइ दिदिबैनि हरुलाई उपस्थितिका लागि समेत अनुरोध आयोजक कमिटीका सदस्य कृष्ण खनालले गरे ।

स्थान :100주년 기념관,서울시 종로 대학로 3 길 29
सऊल  १  नम्बर ट्रेन लाइनको जोङ्नो ओगा स्टेसनको गेट नम्बर २  देखि हिडेर ५ मिनेट