सुपा देउरालीको भेटीबाट धर्मशाला र पार्किङ निर्माण - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सुपा देउरालीको भेटीबाट धर्मशाला र पार्किङ निर्माण



हिमाल पोष्ट / ८ पुस, काठमाडौं । अर्घाखाँचीको सुपा देउराली मन्दिरको आम्दानी विकास निर्माणमा खर्च भएको छ । अहिले मन्दिर परिसरमा पार्किङस्थल र धर्मशाला बनाउन झण्डै पाँच करोड रुपैयाँको योजना बनाइएको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष पि्रतम थापाले वताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

सन्धिखर्क नगरपालिका ८ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर धेरै भेटी संकलन हुने मन्दिरमध्येको एक हो । यहाँ जम्मा भएको भेटीबाट सुपादेखि खाँचीको बाटो निर्माण, स्थानीय स्तरका खानेपानी

आयोजना र जिल्लाका तीन विद्यालय सञ्चालनमा सहयोग पुगेको छ ।
मन्दिरमा चढाइएको भेटीबाट आदर्श मावि खाँचीकोटमा ६ जना र शान्ति निमावि सीतापुरमा चार शिक्षक राखिएका छन् ।

भेटीबाट संकलित रकममध्ये मासिक रुपमा आदर्श माविलाई ७० हजार र शान्ति निमाविलाई ३० हजार रुपैयाँ उपलब्ध गराइएको मिन्दर व्यवस्थापन समितिका अध्यक्ष थापाले जानकारी दिए ।