पराजुलीले कार्यभार सम्हालेपछि सर्वोच्चको फेरिएको रुप - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पराजुलीले कार्यभार सम्हालेपछि सर्वोच्चको फेरिएको रुप



काठमाडौं-

न्यायालयबाट हुने कार्यसम्पादनबारे टीका टिपपणीले अदालतकै विश्वसनीयतामा प्रश्नचिन्ह खडा गरिरहेको बेला वर्तमान नेतृत्वले न्यायापालिका सम्हालेपछि सर्वोच्च अदालतमा आमूल परिवर्तन भएको वरिष्ठ कानुनविदहरुले बताएका छन् ।

 

प्रधानन्यायाधीश गोपाल पराजुलीले कार्यभार सम्हाल्नेबित्तिकै सर्वोच्च अदालतले सुरु गरेको समूहगत सुनुवाइ, संवैधानिक इजलासको निरन्तरता र अदालतलाई स्मार्ट बनाउने कार्यविधिलाई वरिष्ठ कानुन व्यवसायीले प्रशंशा गर्दै त्यसलाई सकारात्मक रुपमा लिएका छन् ।

 

न्यायपालिकाको हालको नेतृत्वले समष्टिगत रुपमा अदालतलाई नै सुधार गर्दै लगेको कानुनविदले बताएका छन् । आजको नेपाल समाचारपत्रको प्रथम पृष्ठमा यो खबर छापिएको छ ।