निर्वाचनलाई दृष्टिगत गर्दै जमुनहा नाका सुरक्षा जाँचमा कडाई - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

निर्वाचनलाई दृष्टिगत गर्दै जमुनहा नाका सुरक्षा जाँचमा कडाई



दिनेश ठाकुर\बैशाख ११, नेपालगन्ज

 

स्थानीय तह निर्वाचनको सुरक्षालाई दृष्टिगत गर्दै बाँके प्रहरीले जाँचमा कडाई गरेको छ । हालसम्म प्रहरीले जाँच गरिरहेकोमा अहिले प्रशिक्षित कुकुरबाट पनि जाँच गर्न थालिएको छ ।

दैनिक करीब ६० हजार जनाले ओहोर दोहोर गर्ने जमुनहा नाकामा सातामा दुई पटक प्रशिक्षित कुकुरबाट जाँच गर्न थालिएको ईलाका प्रहरी कार्यालय जमुनहाका ईञ्चार्ज प्रहरी नायब निरीक्षक सुधीर खडकाले बताए ।

चुनवामा हुनसक्ने उच्छृङ्खल गतिविधीलाई ध्यानमा राख्दै हाल सातामा दुई पटक कुकुरबाट जाँच गर्न थालिएको उनले जानकारी दिए ।
गैरराजनीतिक र बाह्य तत्वले चुनावमा प्रतिकूल असर पार्नसक्ने भएकाले सुरक्षा अवस्थालाई मजबुत बनाउन आज बिहान पनि नेपाल प्रहरीको कुकुरलाई जाँचमा खटाइएको प्रहरी नायब निरीक्षक खड्काले बताए ।