सुरेन्द्र अस्तफलले ल्याए ‘हिउँको आरोहण’ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सुरेन्द्र अस्तफलले ल्याए ‘हिउँको आरोहण’



काठमाडौं । कवि सुरेन्द्र अस्तफलको चौथो कृति ‘हिउँको आरोहण’  शनिवार विमोचन भएको छ । राजधानीको सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रममा कवि अस्तफलको ‘हिउँको आरोहण’ विमोचन गरिएको हो ।

कवि अस्तफलको उक्त  कृतिलाई समालोचक डा. लक्ष्मण प्रसाद गौतमले सार्वजनिक गरेका हुन् । ‘हिउँको आरोहण’ विमोचन कार्यक्रममा मदन पुरस्कार विजेता अम्बर न्यौपानेले कवि अस्तफल संगको पुरानो मित्रतालाई थिएटरमा पुनर्जागृत गर्दै बिमोचन कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए ।
class=”insert-post-ads”> त्यस्तै, लक्ष मोहन प्रसाद गौतमले कवि अस्तफल्का कविताहरुको बलिया र सशक्तत पक्षलाईए उजागर गर्दै सुधार गर्नुपर्ने कुरामा जोड दिए । यता गीतकार दिनेश अधिकारीले प्रमुख अतिथिको स्थानबाट कबि अस्तफलको सो कृतिमा संग्रहित कविताहरुको बारेमा विश्लेषण गरे ।
कार्यक्रमको सुरुवातमा कवि अस्तफलले ‘हिउँको आरोहण’मा समाबेश गरिएका कविताहरुलाई वाचन समेत गरेका थिए । अस्तफलको चौथो कृति ‘हिउँको आरोहण’ बिमोचन कार्यक्रममा बिषेश व्यक्तित्व र कवयत्रीहरुले सहभागिता जनाएका थिए ।