सुरेन्द्र पाण्डेले खुलाए मोदीले प्रचण्डलाई भेट नदिनुको रहस्य - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सुरेन्द्र पाण्डेले खुलाए मोदीले प्रचण्डलाई भेट नदिनुको रहस्य



जनकपुरधाम- नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट नदिनुको रहस्य बताएका छन् । प्रचण्डको तीन दिने भारत भ्रमणका क्रममा मोदीले अन्तिम समयमा व्यस्तता देखाएर भेट नदिएपछि उनी नेपाल फर्किएका थिए ।

मोदीले भेट नदिएको विषयमा विभिन्न बहस भैरहेका बेला सुरेन्द्र पाण्डेले भारत पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन पनि जान्छु भनेकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेटेको बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । भारत भ्रमणको क्रममा प्रचण्डले अपरिपक्व व्यवहार देखाएकाले मोदीले नभेटेका पाण्डेको टिप्पणी छ ।

‘प्रचण्डजीले भारत जाने क्रममा विमानस्थलमा सम्भवतः भारतबाट आउनेवित्तिकै चीन पनि जान्छु भन्नुभयो । मोदीले त्यसो भए म पनि भेटदिनँ भनेर भन्नुभयो ।’ प्रचण्डले त्यस्तो बोल्नु अपरिपक्व प्रवृत्तिको उपज भएको पाण्डले टिप्पणी गरे ।

त्यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवामा पनि अमेरिकाको छानामुनि रहनुपर्छ भन्ने सोच रहनु अपरिपक्वता भएको उल्लेख गरे । ‘शेरबहादुरजीको अर्काे अपरिपक्व सोच अमेरिकाको छातामुनि रहेपछि केही पनि गर्नुपर्दैन भन्ने छ । यी दुबै कुराले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र नेपाललाई बलियो बनाउने कुरामा बल पुग्दैन ।’