सुर्खेतमा नयाँ १२ संक्रमित थपिए - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुर्खेतमा नयाँ १२ संक्रमित थपिए



काठमाडौं- सुर्खेतमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार साँझ पीसीआर परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेशको सामाजिका विकास मन्त्रालयका कोरोना फोकलप्रशन डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रादेशिक प्रयोगशालाले सोमबारदेखि सुर्खेतमै गरिएको पीसीआर परीक्षणलाई नै अन्तिम रिपोर्ट मान्ने अनुमति भएको छ । यसअघि सुर्खेतमा कोरोना पोजेटिभ आएपछि पुनः परीक्षणका लागि नमूना लागि नेपालगञ्ज पठाएरमात्रै अन्तिम रिपोर्ट सार्वजनिक गर्ने गरिएको थियो ।

योसँगै सुर्खेतमा १५ र दैलेखमा ८ जना कोरोना संक्रमित पुग्दा कर्णाली प्रदेशभर कोरोना संक्रमित हुनेको संख्या २३ पुगेको छ।