सुर्य थापा भन्छन: प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैन - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सुर्य थापा भन्छन: प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैन



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले कसैले पाखुरा सुर्कदैमा प्रधानमन्त्रीले पद नछाड्ने बताएका छन् । उनले प्रधानमन्त्रीलाई पदबाट हटाउन विधि र पद्धतिसम्मत तरिकाले आउन चुनौती समेत दिए ।

‘प्रधानमन्त्रीज्युलाई संसदीय दलले निर्वाचित गरेको हो, सांसदहरुले विश्वास गरेसम्म प्रधानमन्त्री रहनुहुन्छ,’ ऋषि धमलासँग रेडियो एनआरएनमा थापाले भने, ‘पार्टी अध्यक्षबाट बिदा गर्ने हो भने अर्को महाधिवेशनमा मात्र मिल्छ ।’ उनले विधि र पद्धतिसम्मत तरिकाले मात्र पदमा पुग्ने र हट्ने विषय हुने भएकाले सोही बमोजिम गर्न चुनौती दिए ।

प्रधानमन्त्री ओलीले कुनै हालतमा राजीनामा नदिने थापाको भनाई छ । राजीनामा दिनुपर्ने कुनै कारण पनि नरहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्युको राजीनामासँग भेट हुन्न । अध्यक्षबाट हटाउँछु भन्नु व्यर्थको कुरा हो सम्भव छैन ।’

देशमा बाढी पहिरोले जनधनको ठुलो क्षति पुराइरहेकाले स्थायी कमिटी बैठक गर्ने उपयुक्त समय नभएको बताए । उनले भने, ‘बाढी पहिरो भएको बेलामा स्थायी कमिटी बैठक हुन्छ जस्तो लाग्दैन । सरकार जनधनको क्षति भइरहेकाले हाइ एलर्ट भएको बेलामा जनताको जीउधनको रक्षमा सिंगो पार्टी लाग्नुपर्ने बेला हो यो ।’ देशमा बाढीपहिरोको प्रकोप भइरहँदा स्थायी कमिटी बैठक गरेर गलत सन्देश गइरहेको तर्क गरे ।

चिनियाँ राजदुत होउ याङ्कीले नेकपाका शिर्ष नेताहरुसँग गरेको भेटलाई सामान्य मान्नुपर्ने बताए । राजदुतले आफ्नो देशको चासोको विषयमा भेटघाट गर्नुभएको होला भन्दै यस्तो विषयमा हामी व्यवस्थित हुनुपर्ने विषय भने भएको बताए । उनले भने, ‘विगतमा चप्पल लगाएर भारतीय नेताहरुले नेपालका नेताहरुलाई भेटेका हुन् ।’