यस्तो आयो सुशान्तसिंह राजपूतको पोस्टमार्टम रिपोर्ट - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यस्तो आयो सुशान्तसिंह राजपूतको पोस्टमार्टम रिपोर्ट



एजेन्सी- अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम पोस्टमार्टम रिपोर्ट मुम्बई प्रहरीले प्राप्त गरेको छ । खबरअनुसार अन्तिम पोस्टमार्टम रिपोर्ट पाँच डाक्टरले विश्लेषण गरेका थिए ।

रिपोर्टमा सुशान्तको मृत्यु ‘अस्पेसिया ड्यु टु ह्याङगिङ’ अर्थात् पासो लगाएका कारण श्वास फेर्न नसकेर मृत्यु भएको पुष्टि भएको छ ।

अब सुशान्तको विसेरा रिपोर्ट आउन बाँकी छ । कुनै व्यक्तिको मृत्युपश्चात् उसको शरीरको महत्त्वपूर्ण अंग लिएर गरिने जाँचलाई विसेरा परीक्षण भनिन्छ ।

सुशान्तको मृत्युपछि केहीले उनलाई घाँटी थिचेर मारिएको आरोप लगाएका थिए । तर अन्तिम पोस्टमार्टम रिपोर्टसम्म आउदा त्यस्तो देखिएन ।