सुशान्त घटनाबारे बोले सलमान, समर्थकलाई गरे यस्तो अपिल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुशान्त घटनाबारे बोले सलमान, समर्थकलाई गरे यस्तो अपिल



एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि आलोचनाका शिकार बनेका सलमान खानले आफ्ना समर्थक र प्रशंशकहरूलाई अपील गरेका छन् ।

अहिले दर्शक र समर्थक दुई भागमा बाँडिएका बेला सलमानले यस्तो अपील गरेका हुन् । सुशान्तको घटनापछि कहिले दुःख व्यक्त गरिरहेका छन् भने कोही बलिउडको एउटा तप्कामाथि निशाना साँधिरहेका छन् ।

यतिबेला नायक सलमान खानले पनि ट्रोलको सामना गरिरहेका छन् । सलमानले सोसल मिडियामा सुशान्तको विषयमा प्रतिक्रिया दिएका छन् ।

सलमानले समर्थकहरूलाई गरेको अपिल

सलमान खानले एक ट्वीट गरेर आफ्ना सबै प्रशंसकलाई सुशान्तका परिवारलाई साथ दिन अपिल गरेका छन् ।

उनले आफ्नो ट्वीटमा गरेका छन्, ‘म आफ्ना सबै प्रशंसकलाई के आग्रह गर्न चाहन्छु भने सुशान्तका प्रशंसकलाई साथ दिनुहोस् र गलत भाषाको प्रयोग नगर्नुहोस् । भावनालाई बुझ्ने कोसिस गर्नुहोस् । यो संकटको घडीमा सुशान्तको परिवारको सहारा बन्नुहोस् । आफ्नो मान्छे गुमाउनुको पीडा अत्यधिक हुन्छ ।’

अब सलमान खानमाथि पछिल्ला केहि दिनदेखि विभिन्न प्रकारको आरोप लागिरहेको छ । दबंगका निर्देशक अभिनव कश्यपले त सलमान खानको परिवारमाथि विभिन्न प्रकारको आरोप लगाएका छन् ।

उनले सलमानमाथि उनको करियर बर्बाद गर्नका लागि जिम्मेवार भएको आरोप लगाएका छन् । यस्तै, हालै गायक सोनू निगमले पनि इशारामा सलमान खानमाथि निशाना साँधेका छन् ।

स्मरण रहोस्, जून १४ तारिखमा नायक सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेका थिए ।

प्रहरी यतिबेला यो घटनामा अनुसन्धान गरिरहेको छ र हरेक ती व्यक्तिसँग सोधपुछ गरिरहेको छ जो सुशान्तसँग कुनै न कुनै रुपमा सम्बन्धित थिए ।