५९ करोडका मालिक थिए सुशान्त : गाडी र बाइकका सौखिन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

५९ करोडका मालिक थिए सुशान्त : गाडी र बाइकका सौखिन



एजेन्सी। हालै मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा मृत भेटिएका अभिनेता सुशान्त सिंह राजपुतको थुप्रै मंहगा कार र मोटर साइकल लगायत चन्द्रमामा पनि आफ्नै जग्गा रहेको खुलेको छ । ५९ करोड भारु बराबरको सम्पत्तिका मालिक अन्तरिक्ष प्रेमी थिए ।

उनी अधिकांश समय सूर्य ,चन्द्रमामा, नक्षत्र ग्रह जस्ता ब्रम्हान्डिय वस्तुहरुबारे कुरा गरिरहन्थे । घन्टौ आकास नियाल्ने बानी भएका उनीसंग निकै महंगो टेलिस्कोप पनि छ । शनि ग्रहको चक्का हेर्न उनले त्यो निकै महंगो टेलिस्कोप किनेका थिए ।

भगवान शिवजीका अनन्य भक्त उनी प्रायश ओमको ब्रम्हान्डिय महत्वबारे सामाजिक संजालमा सामग्रीहरु पोस्ट गरिरहन्थे । मोटर साइकल भनेपछि हुरुक्कै हुने उनीसंग स्टाइलिस बिएमडब्ल्यु के १३०० आर मोटरसाइकल लक्जरी स्पोर्टस कार मासेरटी क्वात्रोपोर्ते र ल्यान्ड रोभर रेन्ज रोभर सभ पनि छ ।

चन्द्रमामा आफ्नो जग्गा हुने एक मात्र अर्को वलिवुड कलाकार शाहरुख खान हुन् उनलाई एकजना फ्यानले सो जग्गा किनिदिएका थिए ।