मेरो पेसा र भावना बुझ्ने मान्छेसँग बिहे गर्छु । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मेरो पेसा र भावना बुझ्ने मान्छेसँग बिहे गर्छु ।



झट्ट हेर्दा मिलेको जिउ गोरो बाटुलो अनुहार सुरिलो स्वर मिठो मुस्कान भएकी मान्छे बाटोमा कतै देख्नु भयो भने नझुक्किनु होला उनी नायिका नभई गायिका सुशीला गौतम हुन सक्छिन् । गुल्मीको शान्तिपुरमा पिता मनसाराम गौतम र माता लीला देवी गौतमको कोखबाट जन्म लिएकी गौतम पछिल्लो समय नेपाली लोक दोहोरीको क्षेत्रमा चर्चामा छिन् ।

आफ्नो पहिलो एल्बम दसै तिहारबाट यस क्षेत्रमा पाहिला चालेकी उनले मालीगाई भिरमा छ, बसायो बामरी हरर, माइतीको माया, गफ लायो सोल्टीले, रातो भाले जस्ता बोलका गीतबाट राम्रै चर्चा पाइन । उनको सांस्कृतिक कार्यक्रमको लागि उनको पहिलो विदेशको यात्रा मलेसिया बन्यो भने हाल उनी बेलायतमा छिन ।
प्रस्तुत छ हिमाल पोस्टका लागि उनै सुन्दर गायिका  गौतम सँग समीर प्रकाश पाण्डेले गरेको कुराकानी ।

-स्वागत छ सुशीला जी हिमाल पोस्ट डट कममा ?
हृदय देखि धन्यवाद दिन चाहन्छु हिमाल पोस्ट र हजुरलाई

-कसरी चल्दै छ जिन्दगी केमा व्यस्त हुनुन्छ आज भोलि ?
गीत सङ्गीतकै लागि जीवन समर्पण गरे यसकै विभिन्न पाटोमा व्यस्त छु ।

-बेलायतको बसाई कस्तो हुँदै छ?
बेलायत बसाइ एकदमै रमाइलो हुँदै छ बेलायतको विभिन्न ठाउँमा कार्यक्रम गर्ने अवसर मिलेको छ ।

-नेपाली कलाकारहरू कार्यक्रमको लागि युरोपियन देशहरूमा जाने अनि उतै सेट हुने चलन छ पहिला देखिनै कि तपाईँ नि सोच्दै हुनुन्छ? धेरै समय भएन र बेलायत पुगेको त ?
हाहा बेलायत तिरै हराउनु पर्छ कि के हो  ! यो रमाइलो मात्रै थियो मेरो बेलायत बसाइ सीमित छ । केही कार्यक्रमहरू बाँकी रहेको हुँदा अझै  केहि  दिनको बसाइ बाकी छ त्यसपछि नेपाल फर्किन्छु ।

-के फरक हुँदो रैछ नेपालमा आयोजना गरिने कार्यक्रम र परदेशमा गरिने कार्यक्रममा ?
जो परदेशमा रहनुभएको दाजु भाइ दिदी बहिनी लगायत सम्पूर्ण नेपाली मनहरू हुनुहुन्छ यहाँको मनमा बाध्यताको गाँठो भित्र गुम्सिएर रहेको नेपाल प्रतिको माया छ नि उहाहरुले त्यही कार्यक्रम मार्फत फुकाउनु हुन्छ । यति धेरै आत्मीयता ,माया दिनसहुन्छ साँच्चीकै गर्व लाग्छ । उहाहरुलाई मनोरञ्जन दिईहदा आत्मसन्तुष्टि हुन्छ र गर्व लाग्छ आफ्नो पेसा प्रति।

-दर्शक श्रोताले अब कहिले सुन्न पाउँछन् सुशीलाको नयाँ गीत कस्तो छ तयारी ?
केही गीतको अडियो नेपालमा रहँदै तयार गरेर आएकी छु नेपाल गएर बाकी कामहरू सम्पन्न गरी छिट्टै बजारमा नयाँ कोसेली रहित आउने बाचा यहीबाट गर्न चाहे ।

फरक पाटो ..

– सुशीलालाई घरमा आमाले  रिसाएर बोलाउनु पर्‍यो भने के भनेर बोलाउनु हुन्छ ?
अहिले त रिसाउन पारेकी छैन पहिला रिसाउँदा त धेरै किसिमका नाम पाइन्थ्यो नि विशेष त रिसाउँदा चाहिँ छेउमा नपर भन्नु हुन्थ्यो छेउमै नपरेसि सुन्नै परेन।

-हे कहिले गर्ने ? कस्तो श्रीमान् हुनु पर्छ सुशीला गौतमलाई श्रीमती बनाउन ?
लगन जुरेपछि !  मेरो लागि म रिसाउँदा फकाउने, सर्प्राईज दिइरहने श्रीमान् पाए म त मक्खै हुन्छु !
यस्तै भनेर भन्या जस्तो त नपाइएला , तर पनि बिशेष गरि मेरो पेसालाई र मेरो भावना बझ्ने मान्छे भए ।

– प्रेम प्रस्ताव त पक्कै आए होलान् पहिलो प्रेम प्रस्ताव कहिले र कसले गरेको थियो ?
-स्कुल लाइफमा आएको थियो नाम त ठ्याक्कै बिर्सिए ।

 -आज सम्म घटेको एउटा घटना सेयर गर्नोस् जुन सम्झँदा लाज लाग्छ 
ठ्याक्कै तेस्तो त केहि छैन ।

-बिहान उठ्ने बित्तिकै पहिलो काम के गर्नु हुन्छ?
मोबाइल हेर्छु ।

-आफ्नो शरीरको सब भन्दा मन पर्ने अङ्ग कुन ?
आँखा

अत्यमा…
यो अवसरको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु हिमाल पोस्ट र हजुरलाई ।