केटा नै नपाएको मोडल सुष्मा राईको गुनासो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

केटा नै नपाएको मोडल सुष्मा राईको गुनासो



काठमाडौं- सुनसरी धरानकी मोडल सुष्मा राई दुई वर्षदेखि मोडलिङ र मेकअप आर्टिस्टका रूपमा क्रियाशील छिन्। आधा दर्जन फेसन सोमा सहभागिता जनाइसकेकी सुष्मा यतिबेला अंग्रेजी नयाँ वर्ष २०२० को फेसन सोको र्‍याम्प अभ्यासमा व्यस्त छिन्।

यसै साता ‘निफ क्रिसमस फेसन सो’मा क्याटवाक गरेकी उनी कुशल डान्सरसमेत हुन्। धरानमा दुई दशकअघि मानबहादुर राई र लक्ष्मी राईकी छोरीका रूपमा जन्मिएकी सुष्माले म्युजिक भिडियोमा पनि काम गरिरहेकी छन्।

उनै मोडल सुष्मासँग डब्बु क्षत्रीले गरेको सटकट संवाद आजको राजधानी दैनिकमा छापिएको छ।

सुष्मालाई मोडल भन्ने कि मेकअप आर्टिस्ट?

पेसा मेकअप आर्टिस्ट हो। मोडलिङ सोख। अरूभन्दा फरक छु। मोडलको मेकअप पनि गर्छु र आफैं मेकअप गरेर ¥याम्पमा समेत उत्रन्छु।

मोडलिङ र मेकअपमध्ये कुन मन पर्छ?

मेकअप आर्टिस्टबाट दाम कमाएकी छु। मोडल बनेर नाम कमाएकी छु। आफूलाई ‘मोडल’ भनेर चिनाउन पाउँदा खुसी लाग्छ। पैसाका रूपमा म मेकअप आर्टिस्टबाट सन्तुष्ट छु।

हरेक मोडलको लक्ष्य फिल्ममा आउने हुन्छ नि?

हो, मलाई पनि एउटा स्थानीय फिल्मबाट प्रस्ताव आएको थियो। तर, फिल्ममा नायिका बन्ने सपना देखेकी छैन। म्युजिक भिडियोसम्ममा जम्ने योजनामा छु। ¥याम्प सोलाई निरन्तरता दिँदै छु । तर, डान्स आर्टिस्टका रूपमा भने म अघि बढ्छु।

प्रेम, क्लब, चुरोट र रक्सीमा कतिको रुचि छ?

कुरा सही हो। म पनि कहिलेकहीँ क्लब जान्छु। ‘अकेजन’मा हल्का पिउँछु पनि। तर, चुरोट तान्दिनँ। मलाई चुरोट मन पर्दैन। मेरो ‘ब्वाइफ्रेन्ड’ पनि छैन। किनकि गम्भीर रूपमा प्रेम गर्ने केटा पाएकी छैन।

कस्तो केटासँग प्रेम गर्ने चाहना हो त?

साधारण, गम्भीर र जिम्मेवारपूर्ण केटाको खोजीमा छु।

यस्तो केटा पाइन्छ र?

नपाएर त अहिलेसम्म सिंगल छु। पाए प्रेम गरूँला। नपाए एक्लो जीवन नै राम्रो छ। टेन्सन त छैन।