सुषमा स्वराज यसरी बनिन गभर्नर - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सुषमा स्वराज यसरी बनिन गभर्नर



नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री डा. हर्षबद्र्धनले सोमबार ट्विट गर्दै सबैलाई आश्चर्यचकित पारिदिए । उनले भाजपाका वरिष्ठ नेतृ तथा पूर्वविदेशमन्त्री सुषमा स्वराजलाई आन्ध्र प्रदेशको गभर्नर बनेकोमा बधाई दिएका थिए ।

तर, सुषमाले ट्विटरमा यो खबरको खण्डन गरिन् । उनले भनिन्,‘‘मैले उपराष्ट्रपति बैंकया नायडूजीलाई विदेशमन्त्रालयको कार्यालय खाली गर्नको लागि फोन गरेकी थिएँ । शायद ट्विटरमा अडकल लगाउनका लागि यति नै काफि थियो । आन्ध्र प्रदेशको गभर्नर बनाएको कुरा सही होइन ।’’ डा. हर्षवद्र्धनले एक घण्टाको बीचमा नै आफ्नो ट्विट हटाएको बीबीसीले जनाएको छ ।